IME Life New

बैंकहरुको मुद्दति निक्षेपमा १८%ले बढ्यो बीमकको लगानी, कति पुग्यो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा कम्पनीहरुले बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपको गरेको लगानी १८ प्रतिशत बढीले बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१।८२ को चालु आर्थिक वर्षको असोजसम्मको तथ्यांकबाट यस्तो देखिएको हो।

२०८१ असोजसम्म बीमा कम्पनी (जीवन, निर्जीवन, पुनर्बीमा, लघु जीवन र लघु निर्जीवन)ले बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा ६ खर्ब २२ अर्ब ८४ करोड ४३ लाख रुपैयाँ लगानी गरेका छन्। २०८० असोजसम्म बीमा कम्पनीहरुको लगानी ५ खर्ब २७ अर्ब ९ करोड ८१ लाख रुपैयाँ थियो। पछिल्लो १ वर्षको अवधिमा बीमा कम्पनीहरुले बैंकहरुको मुद्दति निक्षेपमा गरेको लगानी १८.१६ प्रतिशतले बढेको छ।

Esewa
Crest

यसैगरी समीक्षा अवधिमा कर्मचारी सञ्चय कोषको मुद्दति निक्षेपका रुपमा बैंकहरुको लगानी १८.०१ प्रतिशतले बढेर १ खर्ब ८७ अर्ब ८ करोड ८९ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष असोजसम्म बैंकहरुमा कर्मचारी सञ्चय कोषको कुल लगानी १ खर्ब ५८ अर्ब ५४ करोड २० लाख रुपैयाँ रहेको थियो।

२०८१ असोजसम्म नागरिक लगानी कोषको बैंकहरुमा लगानी ६०.४५ प्रतिशतले बढेर १ खर्ब ३५ अर्ब ७१ करोड ३६ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष असोजसम्म बैंकहरुमा नागरिक लगानी कोषको ८४ अर्ब ५८ करोड ५२ लाख रुपैयाँ थियो।

२०८१ असोज मसान्तसम्म व्यक्तिगत निक्षेपको आकार पनि १३.१३ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष असोजसम्म व्यक्तिगत निक्षेपका रुपमा बैंकहरुमा ३६ खर्ब ९१ अर्ब २५ करोड ४६ लाख रुपैयाँ रहेकोमा समीक्षा अवधिसम्म बढेर ४१ खर्ब ७५ अर्ब ८१ करोड ३० लाख रुपैयाँ पुगेको छ।

राष्ट्र बैंकले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदरभन्दा १ प्रतिशतमात्र कम गरेर संस्थागत मुद्दति निक्षेपको ब्याजदर निर्धारण गर्नुपर्ने व्यवस्था गरेको छ। यसअघि संस्थागत मुद्दति निक्षेपको ब्याजदर व्यक्तिगतको भन्दा २ प्रतिशत कम गर्नुपर्ने प्रावधान थियो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS