IME Life New

हिमालयन रिइन्स्योरेन्सको २९.२१%ले बढ्यो नाफा, व्यापार रु. १ अर्ब बढी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। हिमालयन रिइन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८१।८२ को प्रथम त्रैमास (साउन–असोज)को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

समीक्षा अवधिमा कम्पनीले २२ करोड ६३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले १७ करोड ५२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफा २९.२२ प्रतिशतले वृद्धि भएको हो।

Esewa
Crest

चालु आर्थिक वर्षको प्रथम त्रैमासमा कम्पनीले शेयर प्रिमियममा शीर्षकमा ३ अर्ब १८ करोड रुपैयाँ सञ्चित गरेको छ। कम्पनीको शेयर पुँजी १० अर्ब ४० करोड रुपैयाँ रहेको छ।

कम्पनीको स्पेसल रिजर्भमा १ अर्ब ३० करोड ७७ लाख रुपैयाँ, महाविपत्ति कोषमा १३ करोड २१ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ८१ करोड ९५ लाख रुपैयाँ र अन्य इक्विटीमा ३ करोड १६ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा कम्पनीले १ अर्ब ६ करोड ६१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष सोही अवधिमा कम्पनीले ९८ करोड ६७ लाख कुल बीमाशुल्क आर्जन गरेको थियो। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन ८.०५ प्रतिशतले बढेको छ।

कम्पनीले यस अवधिमा ९२ करोड ४८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष सोही अवधिमा कम्पनीले ८३ करोड ३२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा खुद बीमाशुल्क आर्जन १०.९५ प्रतिशतले बढेको छ।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी (ईपीएस) घटेर ९.७१ रुपैयाँमा झरेको छ। अघिल्लो वर्ष ईपीएस १०.०१ रुपैयाँ रहेको थियो। प्रतिशेयर नेटवर्थ १५९.१६ रुपैयाँ रहेको कम्पनीको पीई रेसियो १०३.५६ गुणा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

83%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

17%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS