IME Life New

चार वर्षमा बीमाको लगानी दुई गुणा बढ्यो, झण्डै आठ खर्ब रूपैयाँ लगानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वदेशी बीमा उद्योगले पूँजी र बीमाशुल्क आम्दानीवापतको रकमबाट मुलुकको अर्थतन्त्रमा झण्डै ८ अर्ब रूपैयाँ लगानी गरेको छ। सञ्चालनमा रहेका दुई पुनर्बीमक, १७ जीवन र १८ निर्जीवन बीमकसमेत ३७ कम्पनीले ७ खर्ब ९० अर्ब रूपैयाँ भन्दा बढी रकम लगानी गरेका छन्।

नेपाल बीमा प्राधिकरणका अनुसार लगानी रकमका हिसाबले सर्वाधिक योगदान जीवन बीमा कम्पनीको छ। लगानी रकमका हिसाबले दोश्रोमा निर्जीवन बीमक र तेश्रोमा पुनर्बीमक छन् ।

Esewa
Crest

प्राधिकरणद्वारा प्रकाशित तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८०।८१ सम्म जीवन बीमकले ६ खर्ब ८२ अर्ब २५ करोड ६३ लाख रूपैयाँ लगानी गरेका छन् । यसैगरी निर्जीवन बीमकको लगानी ६६ अर्ब ५२ करोड रूपैयाँ रहेको छ। लघु जीवन बीमकले १ अर्ब ५८ करोड र लघु निर्जीवन बीमकले २ अर्ब ९५ लाख रूपैयाँ लगानी गरेका छन्। प्राधिकरणका अनुसार इजाजत प्राप्त दुई पुनर्बीमकको कुल लगानी ३८ अर्ब ५६ कोरड ४८ लाख रूपैयाँ पुगेको छ।

जीवन बीमकमध्ये दुई पुराना जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्सको लगानी योग्य रकम २ खर्ब र एलआइसी नेपालको १ खर्ब रूपैयाँ भन्दा माथि रहेको छ। अर्को पुरानो जीवन बीमक नेशनल लाइफ पनि खर्ब रूपैयाँ नजिक पुग्न लागेको छ।

प्राधिकरणका अनुसार आर्थिक वर्ष २०७७।७८ मा बीमकको कुल लगानी जम्मा ४ खर्ब २२ अर्ब ७२ करोड रूपैयाँ रहेको थियो । यो मध्ये जीवन बीमकले ३ खर्ब ५९ अर्ब ३३ करोड रूपैयाँ लगानी गरेका थिए । यसैगरी निर्जीवन बीमकको कुल लगानी ४६ अर्ब ४३ करोड रूपैयाँ थियो। नेपाल पुनर्बीमा कम्पनीले १६ अर्ब ९६ करोड ४१ लाख रूपैयाँ लगानी गरेको थियो।

बीमा कम्पनीहरूको लगानीको ८० प्रतिशत रकम क वर्गका वाणिज्य बैंकको मुद्दती निक्षेप केन्द्रित छ। बाँकीमध्ये पब्लिक कम्पनीको शेयर, ऋण पत्र, सामूहिक लगानी कोष, कृषी, जलविद्युत, पर्यटन, शिक्षा क्षेत्रमा पनि सीमित लगानी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS