IME Life New

अध्यक्ष लोहनीको राजीनामा स्वीकृत, नेतृत्वविहीन अवस्थामा पुग्यो स्वास्थ्य बीमा बोर्ड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कार्यकारी निर्देशकको पदावधि पुरा भएसँगै सरकारले स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. गुणराज लोहनीको समेत राजीनामा स्वीकृत गरेको छ। स्वास्थ्य मन्त्रालयले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा असहयोग गरेकोमा असन्तुष्टी जनाउँदै लोहनीले दुई महिना अघि नै स्वास्थ्यमन्त्रीमार्फत मन्त्री परिषद समक्ष राजीनामा पेश गरेका थिए।
मन्त्री परिषदको आइतबारको बैठकले उनको राजीनामा स्वीकृत गरेको हो । लोहनीको राजीनामा पत्र मन्त्रालयले मन्त्री परिषद सचिवालयमा लामो समयसम्म दर्ता गराएको थिएन । अध्यक्ष लोहनीले भदौ २८ गते स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलमार्फत राजीनामा पत्र पेश गरेका थिए । नेकपा माओवादी केन्द्र नेतृत्वको गठबन्धन सरकारले बोर्डको अध्यक्ष पदमा लोहनीलाई नियुक्त गरेको थियो ।

बोर्डको कार्यकारी निर्देशक डा. दामोदर बसौलाको पनि कात्तिक २५ गते पुरा भएपछि बोर्ड अब कार्यकारी प्रमुख र अध्यक्ष विहीन अवस्थामा पुगेको छ। खुला प्रतिस्पर्धाबाट २०७७ कात्तिक २६ गते बोर्डको कार्यकारी निर्देशकमा नियुक्त भएका बसौलालाई दुई पटकसम्म विभिन्न बहानामा स्पष्टीकरण लिएर सत्तारूढ दलले निलम्बनको प्रयास गरेपनि उनी सर्वोच्च अदालतको आदेशबाट पदमा पुनर्बहाली भएका थिए।

Esewa
Crest

सामाजिक सुरक्षा कार्यक्रमका रूपमा स्वास्थ्य बीमा लागू गरिए पनि अपर्याप्त बजेट विनियोजन, सरकारी नीतिमा अस्थिरता, राजनीतिक हस्तक्षेप, दाबी फर्छ्यौटमा अनियमिता र कमजोर व्यवस्थापनको समस्याबाट यो कार्यक्रम गुज्रि रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS