IME Life New

अबको १-२ वर्षपछि पुनर्बीमा कम्पनीलाई टिनेजर भन्न चाहिँ मिल्छः वीरेन्द्र बैदवार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमक संघका उपाध्यक्ष एवं सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका सीईओ वीरेन्द्र बैदवार नेपाल पुनर्बीमा कम्पनीलाई अबको १–२ वर्षपछि टिनेजर भन्न मिल्ने बताएका छन्।

कम्पनीको ११ औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष बैदवारले यस्तो धारणा राखेका हुन्। ‘नेपालमा बीमाको अवस्था के छ भन्दाखेरी शिशुको अवस्थामा छ भन्छौँ । जब कि नेपालमा ७५–७६ वर्ष भइसकेको बीमा कम्पनीको अवधारणा सुरु भएको’, उनले भने, ‘यो अवस्थामा पुनर्बीमाको अवधारणा कुन अवस्था छ भन्न कठिन छ। त्यसैले शिशु भन्न त मिलेन तर १–२ वर्ष टिनेजर भन्न चाहिँ मिल्छ ।’

Esewa
Crest

संकट आइरहेको बेलामा संकट मोचन गर्नका लागि सिर्जना भएको एउटा आकाष्मिक कोष पुनर्बीमा कम्पनीमा परिणत भएको बैदवारले बताए। ‘आज ११ वर्ष पुगेको छ। धेरै अपेक्षा गर्न सान्दर्भिक नहोला’, उनले भने, ‘तथापि पुनर्बीमा कम्पनीको आवश्यकता भनेको निर्जीवन र जीवन बीमा कम्पनीको पुनर्बीमा गर्न हो। अहिले बजार विस्तार भइरहेको अवस्थामा निर्जीवन बीमा कम्पनीहरुको आवश्यकता पुनर्बीमा कम्पनीले पूरा गरेका छन् कि छैनन् भन्ने कुरा सान्दर्भिक हुन्छ।’

हाल नेपालमा रहेका पुनर्बीमा कम्पनीहरुले प्राकृतिक प्रकोपको बेला आवश्यक पूरा गरे कि गरेनन् भन्ने कुरा सोच्नुपर्ने अवस्था रहेको बैदवारले बताए। ‘बीमा कम्पनीहरुको जति पनि जोखिम छ, त्यो पुनर्बीमा कम्पनीहरुले रिटेन गर्नुपर्ने भएकोले यसमा अझ गम्भीर भइदिन म आग्रह गर्छु’, उनले भने।

उपाध्यक्ष बैदवारले नेपाल पुनर्बीमा कम्पनी समयसापेक्षअनुसार अगाडि बढ्ने भन्ने आशा गर्न सकिने पनि बताए।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS