IME Life New

स्वास्थ्य बीमा बोर्डले गत वर्षकै दाबी भुक्तानी गर्न बाँकी, दोश्रो किस्तामा दियो रू. ४६ करोड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले एक वर्ष पुरानो दाबी वापतको थप ४६ करोड ७१ लाख रूपैयाँ सोधभर्ना गरेको छ। बोर्डले गत आर्थिक वर्ष २०८०।८१ को तेश्रो त्रैमास अवधिसम्मको दाबीका आधारमा भुक्तानी गरेको हो।

बोर्डका अनुसार गत आर्थिक वर्षको तेश्रो त्रैमास अवधि सम्मको दाबीवापत चालू अावमा पहिलो किस्तावापत गत असोज मसान्तमा कुल ३ अर्ब २१ करोड ५७ लाख रूपैयाँ भुक्तानी गरि सकेको छ।

Esewa
Crest

बोर्डका अनुसार एक करोड रूपैयाँभन्दा बढी सोधभर्ना प्राप्त गर्ने अस्पतालहरूमा प्रमुख अस्पतालहरू महाराजगञ्ज शिक्षण अस्पताल, वीर अस्पताल, गंगालाल हृदय रोग उपचार केन्द्र, धुलिखेल अस्पताल, भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, सुर्खेत प्रादेशिक अस्पताल, गण्डकी प्रादेशिक अस्पताल, कोशी प्रादेशिक अस्पताल, मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुर छन् ।

२०७२ साल चैतदेखि लागू गरिएको स्वास्थ्य बीमा कार्यक्रममा हालसम्म जम्मा ९० लाख नागरिक आबद्ध छन् । उपचार सेवा लिन धेरै समय लाग्ने र पूर्ण सेवा नपाइने भएकाले बीमितको नविकरण दर कमजोर छ।

वार्षिक ३ हजार ५ सय रुपैयाँ बीमाशुल्कको भुक्तानीमा वार्षिक १ लाख रूपैयाँ बराबरको उपचार प्राप्त गर्छन् । यसका लागि प्रत्येक पटकको उपचार खर्चवापतको १० प्रतिशत रकम बीमितले पनि व्यहोर्नुपर्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS