IME Life New

मोटर बीमामा कम्पनीहरुले उच्च कमिसन दिँदा भारतीय बीमा नियामक चिन्तित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतका निर्जीवन बीमा कम्पनीहरुले मोटर बीमामा दिइरहेको उच्च कमिसनमा भारतीय बीमा नियामक आईआरडीआईको ध्यानाकर्षण भएको छ।

निर्जीवन बीमकहरुका प्रमुख कार्यकारीहरुसँगको भएको छलफलमा आईआरडीआईले नयाँ निजी मोटर बीमामा कम्पनीहरुले दिइरहेको उच्च कमिसनमा ध्यानकर्षण भएको जनाएको हो। निर्जीवन बीमकहरुले मोटर बीमा व्यवसाय ल्याउने बीमा सेवा प्रदायक कम्पनीहरु (एमआईएसपी)लाई उच्च कमिसन दिइरहेका छन्।

Esewa
Crest

छलफलमा मोटर बीमामा गइरहेको कमिसनको तथ्यांक आईआरडीएआईले प्रस्तुत गरेको थियो। तथ्यांकअनुसार हाल बीमा कम्पनीहरुले एमआईएसपीहरुलाई २५ प्रतिशतदेखि ५७ प्रतिशतसम्म कमिसन दिएको दर्शाइएको थियो।

भारतीय कुल ग्रार्हस्थ उत्पादन (जीडीपी)मा अटोमोबाइल्स उद्योगको ७.१ प्रतिशत योगदान रहेको छ। यसले मोटर बीमाको माग पनि भारतमा बढाएको छ।

भारतका निर्जीवन बीमकहरुको कुल व्यापारमा ४५ प्रतिशत हिस्सा मोटर बीमाको रहेको छ। कार डिलरहरु बीमा कम्पनीहरुको व्यवसायमा मध्यस्थकर्ताको भूमिका रहेका हुन्छन्।

यसरी एमआईएसपीहरुलाई उच्च कमिसन दिँदा ग्राहकले तिर्नुपर्ने प्रिमियमको लागत बढेको आईआरडीआईले जनाएको छ। हाल दिइरहेको मोटर बीमाको कमिसनमा पुनरावलोकन गर्न नियामकले बीमकहरुलाई निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS