काठमाडौं, वैशाख २३ । बीमा समितिले बीमा कम्पनीलाई थप चार समिति गठन गर्न निर्देशन दिएको छ । समितिले बीमकको कामकारबाहीलाई थप प्रभावकारी बनाउन भन्दै समिति गठन गर्न निर्देश गरेको हो ।
समितिले आइतबार जारी गरेको ‘बीमकको संस्थागत सुशासन सम्बन्धि निर्देशिका २०७५ ‘ अनुसार दाबी भुक्तानी तथा पूनर्बीमा, लगानी जोखिम व्यवस्थापन तथा वित्तीय स्वस्थ्यता (सोलभेन्सी) तथा मानव संसाधन र सम्पत्ती सुद्धिकरण निवारण समिति गठन गर्ने निर्देशन दिएको हो ।
यसअघि समिति नै लेखापरिक्षण तथा कर्मचारी व्यवस्थापन सेवा शर्त समिति गठन गर्न निर्देश गरिसकेको थियो ।
बीमा समितिका अनुसार लेखापरिक्षण बाहेकका अन्य समिति वा उपसमितिमा दुई जनाभन्दा बढी सञ्चालक उक्त समिति वा समितिको सदस्य बस्न नपाउने स्पष्ट व्यवस्था गरेको छ ।