IME Life New

‘अब नेपालमा आठौँ लघुबीमा कम्पनी आउँदैन’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले अब नेपालमा आठौँ लघुबीमा कम्पनी नआउने स्पष्ट पारेका छन्।

समावेशी बीमासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको आज काठमाडौंमा उद्घाटनपछि आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष सिलवालले यस्तो स्पष्टोक्ति दिएका हुन्। ‘अहिले ७ वटा लघुबीमा कम्पनी छन्, अब आठौँ लघुबीमा कम्पनी आउँदैन’, उनले भने।

Esewa
Crest

अध्यक्ष सिलवालले ती ७ वटा लघुबीमा कम्पनीले राम्रो व्यापार गरिरहेको पनि बताए। ‘लुघबीमा ससाना पोलिसी जारी गरेर ठूला कम्पनीहरुभन्दा राम्रो व्यापार गरेका छन्’, उनले भने।

ठूला निर्जीवन बीमा कम्पनीले पनि आफ्नो कुल व्यापारको १० प्रतिशतसम्म लघुबीमा व्यवसाय गर्न पाउने प्रावधान रहेको अध्यक्ष सिलवालले उल्लेख गरे। ‘तर, ठूला कम्पनीहरुले तोकिएको सीमासम्म व्यापार गरेको देखिँदैन’, उनले भने, ‘यस विषयमा प्राधिकरणको ध्यानाकर्षण भएको छ। ठूला कम्पनीहरुसँगै छिट्टै छलफल गर्छौं।’

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

50%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS