IME Life New

जलनबाट पीडितको उपचारका लागि सातवटै प्रदेशमा निःशुल्क उपचारको घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आगलागीका कारण भएको जलनबाट पीडितको उपचारका लागि नेपाल सरकारले सातवटै प्रदेशनमा निःशुल्क उपचार सुविधाको घोषणा गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पाैडेलले आइतबार फेसबुक पेजमार्फत यस्तो जानकारी गराएका हुन्।

मन्त्री पाैडेलका अनुसार बागमती प्रदेशको कीर्तिपुर अस्पताल तथा वीर अस्पतालको जलन वार्डबाट मात्र निःशुल्क प्रदान गरिंदै आएको उपचार सेवा बाँकी ६ वटा प्रदेशको ठूला अस्पतालबाट समेत प्रदान गरिने भएको हो ।

Esewa
Crest

उनका अनुसार कोशी प्रदेशको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान, मधेश प्रदेशको मधेश -नारायणी अस्पताल, वीरगञ्ज, गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखराबाट निःशुल्क उपचार सेवा प्रदान गरिनेछ ।

यसैगरी लुम्बिनी प्रदेशको भेरी अस्पताल, नेपालगन्ज, कर्णाली प्रदेशको सुर्खेत प्रादेशिक अस्पताल, सुर्खेत, सुदुरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पताल, धनगढीबाट निःशुल्क उपचार सेवा प्रदान गरिनेछ ।

मन्त्रिपरिषदको गत शुक्रबार बसेको बैठकले जलन पीडितको उपचारका लागि संघीय राजधानी बाहिरका बाँकी ६ प्रदेशका एक एक अस्पतालबाट निःशुल्क उपचार सेवा प्रदान गर्ने निर्णय गरेको थियो। मन्त्री परिषदको निर्णय अनुसार उपचार खर्च व्यहोर्न नसक्ने जलन पीडितले निःशुल्क उपचार सेवा पाउनेछन् । साथै यस्तो उपचार सेवा जलनको घाउ निको पार्नका लागि मात्र उपलब्ध हुनेछ, कस्मेटिक सर्जरीका लागि उपलब्ध हुनेछैन ।

मन्त्री पाैडेलले भने,आर्थिक अभावमा कैयौंले पाएको असह्य पीडा र सास्ती अन्त्य गर्न हाम्रो यो कदम महत्वपूर्ण हुने विश्वास लिएका छौं । यसको पूर्ण कार्यान्वयनका निम्ति सबैको सहयोगको अपेक्षा गरेका छौं ।

नेपालमा जलन पीडितको उपचारका लागि स्वयमसेवी अभियन्ता उज्जवल विक्रम थापाले निःशुल्क सेवा शुरू गरेकामा मन्त्री पाैडेललाइ धन्यवाद दिएका छन् । फेसबुक पेजमार्फत मन्त्री पाैडेललाइ धन्यवाद दिंदै थापाले भनेका छन्, ”राम्रो काम को लागी धन्यवाद प्रदीप पाैडेल। नेपाली जलन पीडित को तर्फबाट धन्यवाद।”

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS