IME Life New

स्वास्थ्य बीमा कार्यक्रमः सुविधा थैलीमा क्यापिङ प्रणाली अर्को निर्णय नभएसम्म लागू नहुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सुविधा थैलीमा हाललाई क्यापिङ प्रणाली लागू नहुने भएको छ।

स्वास्थ्य बीमा बोर्डले आज एक सूचना जारी गर्दै सुविधा थैलीमा क्यापिङ प्रणाली हाललाई लागू नहुने व्यवस्था गरिएको जानकारी गराएको हो। अर्को निर्णय नभएसम्म क्यापिङ प्रणाली लागू नहुने बोर्डको मंगलबार बसेको बैठकले निर्णय गरेको हो।

Esewa
Crest

सुविधा थैलीअन्तर्गतका सेवासुविधाको परिमार्जित विवरण तथा दररेट, २०८१ बमोजिम बीमितले एकपटक औषधि तथा सेवा लिइसकेपछि १ महिना वा ३ महिनासम्मका लागि क्यापिङ प्रणाली लागू गरिएको थियो। हाल बाढीपहिरोको विपद्का कारणले बीमितले स्वास्थ्य सेवा लिन कठिनाइ भएकोले सहजताका लागि क्यापिङ प्रणाली लागू नहुने व्यवस्था गरिएको बोर्डले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS