IME Life New

हालसम्म ३० म्युचुअल फन्डको लाभांश घोषणा, कुनले कति दिए इकाइधनीलाई प्रतिफल ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लाभांशको सिजन सुरु भएसँगै धमाधम कम्पनीहरुले आफ्ना शेयरधनीहरुलाई दिने लाभांश घोषणा गरिरहेका छन् । आर्थिक वर्ष २०८०/८१ का लागि हालसम्म ३० वटा म्युचुअल फन्डले आफ्ना इकाइधनीलाई दिने प्रतिफल घोषणा गरेका हुन् । यस वर्ष लाभांश घोषणा गर्नेमा म्युचुअल फन्ड अगाडि देखिएका छन्

म्युचुअल फन्ड खुलामुखी र बन्दमुखी गरी दुई प्रकारका हुन्छन्। खुलामुखी म्युचुअल फन्ड नेप्सेमा कारोबार हुँदैन। बन्दमुखी म्युचुअल फन्ड मात्रै नेप्सेमा कारोबार हुन्छ । हालसम्म एनआईसी एशिया बैंक क्यापिटलका ५ वटा, सानिमा बैंक क्यापिटलका ३ वटा र सिद्धार्थ बैंक क्यापिटलको १ वटा, कुमारी बैंक क्यापिटलका ३ वटा योजना, लक्ष्मी सनराइज बैंक क्यापिटलका ५ वटा, आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडका २ वटा र एनआइएमबि एस क्यापिटलको १ वटा, एनएमबि बैंक क्यापिटलको २ वटा, प्रभु बैंक क्यापिटलको २ वटा, ग्लोबल बैंक क्यापिटलको १ वटा, नबिल बैंक क्यापिटलको २ वटा, सिटिजन्स बैंक क्यापिटलको ३ वटा म्युचुअल फन्ड गरी कुल ३० वटा म्युचुअल फन्डले प्रतिफल घोषणा गरेका छन् ।

Esewa
Crest

सबैभन्दा धेरै प्रतिफल घोषणा गर्ने म्युचुअल फन्डमा सानिमा इक्विटी फन्ड रहेको छ । यस फन्डले आफ्ना इकाइधनीलाई १५ प्रतिशत प्रतिफल वितरण गर्ने घोषणा गरेको छ । सानिमा ग्रोथ फन्डले १० प्रतिशत प्रतिफल वितरण गर्ने घोषणा गरेको छ । सानिमा लार्ज क्याप फन्डले पनि १० प्रतिशत प्रतिफल वितरण गर्ने भएको छ ।

त्यस्तै, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथले आफ्ना इकाइधनीलाई ७ प्रतिशत प्रतिफल वितरण गर्ने भएको छ । कुमारी धनवृद्धि योजनाले आफ्ना इकाइधनीलाई ९.५ प्रतिशत प्रतिफल वितरण गर्ने घोषणा गरेको छ। कुमारी इक्विटी फण्डले पनि ९.५ प्रतिशत प्रतिफल वितरण गर्ने भएको छ ।

कुमारी सुनौलो योजना (खुलामुखी) ले पनि इकाइधनीलाई १०.५ प्रतिशत प्रतिफल दिने घोषणा गरेको छ। ग्लोबल आइएमइइ ब्यालेन्स्ड फन्ड १ ले इकाईधनीलाई ५ प्रतिशत लाभांश दिने भएको छ ।

त्यसैगरी सनराइज फोकस्ड इक्विटी फन्डले ४.५ प्रतिशत, सनराइज फर्स्ट म्युचुअल फन्डले १२.५ प्रतिशत, लक्ष्मी उन्नति कोषले ७.५ प्रतिशत र लक्ष्मी भ्यालु फन्ड–२ ले ४.५ प्रतिशत प्रतिफल वितरण गर्ने घोषणा गरेका छन्। शुभ लक्ष्मी कोष (खुलामुखी) ले इकाइधनीलाई ७.५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

यता एनआइसी एशिया ब्यालेन्स्ड फन्डले ९.२५ प्रतिशत, एनआइसी एशिया ग्रोथ फन्डले ९.५ प्रतिशत, एनआइसी एशिया डाइनामिक डेप्ट फन्डले १० प्रतिशत, एनआइसी एशिया फ्लेक्सी क्याप फन्डले १०.५ प्रतिशत र एनआइसी एशिया सेलेक्ट ३० फन्डले १४ प्रतिशत प्रतिफल वितरण गर्ने भएका छन् ।

एनआईबिएल ग्रोथ फण्डले इकाईधनीहरुलाई वितरण गर्ने प्रतिफल घोषणा गरेको छ । भदौ २० गते बसेको क्यापिटलको सञ्चालक समितिको बैठकले कर सहित ६.३५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

यता आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड योजना व्यवस्थापक रहेको आरविवि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित आरविवि म्युचुअल फण्ड १ र आरविवि म्युचुअल फण्ड २ ले आफ्ना इकाईधनीहरुलाई वितरण गर्ने प्रतिफल घोषणा गरेको छ। आरविवि म्युचुअल फण्ड १ का इकाईधनीहरुलाई करसहित ३ दशलमव ८१ प्रतिशत र आरविवि म्युचुअल फण्ड २ का इकाईधनीहरुलाई करसहित ८ दशलमव ७४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

एनएमबि म्युचुअल फन्डअन्तर्गत सञ्चालित एनएमबि फिफ्टी र एनएमबि सुलभ इन्भेस्टमेन्ट फन्ड–२ को आर्थिक वर्ष २०८०/८१ को सञ्चित मुनाफाबाट करसहित इकाइधनीहरुलाई एनएमबि फिफ्टीका लागि १५ प्रतिशत र एनएमबि सुलभ इन्भेस्टमेन्ट फन्ड–२ का लागि १०० प्रतिशत नगद लाभांश वितरण गर्ने कम्पनीले निर्णय गरेको छ ।

प्रभु म्युचुअल फन्डअन्तर्गत सञ्चालित प्रभु सेलेक्ट फन्ड र प्रभु स्मार्ट फन्डको आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश घोषणा गरेका छन् । जसअनुसार इकाइधनीहरुलाई करसहित सेलेक्टर फन्डमा १० प्रतिशत र स्मार्ट फन्डमा ८.५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय क्यापिटल सञ्चालक समितिले गरेको छ।

नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालित नबिल ब्यालेन्स्ड फन्ड–२ र नबिल फ्लेक्सी क्याप फन्डको लाभांश घोषणा गरेको छ । जसअनुसार ब्यालेन्स्ड फन्ड–२ को ८ प्रतिशत र फलेक्सी क्याप फन्डका लागि ५ प्रतिशत करसहित नगद प्रतिफल दिने निर्णय गरिएको छ ।

सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालित ३ वटा योजनाको आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश घोषणा गरिएको छ। योजना व्यवस्थापक सिटिजन्स क्यापिटलको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको मुनाफा र सञ्चित कोषबाट सिटिजन्स म्युचुअल फन्ड–१, सिटिजन्स म्युचुअल फन्ड–२ र सिटिजन्स सुपर ३० का इकाइधनीहरुलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो।जसअनुसार करसहित फन्ड–१ का इकाइधनीलाई ९ प्रतिशत, फन्ड–२ इकाइधनीलाई ६.५ प्रतिशत र सुपर ३० का इकाइधनीलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय क्यापिटलले गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS