IME Life New

बंगलादेशलाई बिजुली बेच्न भोलि ऐतिहासिक सम्झाैतामा हस्ताक्षर हुने, संयुक्त जलविद्युत कम्पनी पनि खुल्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा उत्पादित जलविद्युत बंगलादेशमा निकासीका लागि बिहीबार त्रिपक्षीय नेपाल, भारत र बंगलादेशबीच त्रिपक्षीय सम्झौतामा हस्ताक्षर हुने भएको छ। नेपालमा उत्पादित विद्युतमध्ये ४० मेगावाट बिजुली भारत हुँदै बंगलादेश निकासीका लागि तीन मुलुकबीच सम्झाैता हुन लागेको हो।

भारतीय भूभागमा निर्मित विद्युत प्रशारण लाइनमार्फत नेपाल र बंगलादेशबीचको प्रशारण लाइन जोडिने भएकाले भारतलाई समेत यो सम्झाैतामा समावेश गरिएको हो । बुधबार काठमाडाैंमा सम्पन्न नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकले ४० मेगावाट विद्युत बंगलादेशमा निर्यात गर्नका लागि नेपाल विद्युत प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र भारतको  विद्युत व्यापार निगम(एनटीपीसि) बीच सम्झौता गर्ने निर्णय गरेको हो ।

Esewa
Crest

यो सम्झाैतासँगै भारत बाहेक पहिलो पटक नेपालमा उत्पादित बिजुली बंगलादेशको बजारमा पुग्नेछ।

बैठकमा तीन देशबीच सहकार्य सहभागिताका आधारमा सुनकोशी–३ जलविद्युत आयोजना निर्माण गर्ने समझदारी समेत भएको बैठक पछि जारी विज्ञप्तीमा उर्जा मन्त्रालयले जानकारी दिएको छ। बैठकमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गरेका ऊर्जा सचिव सुरेश आचार्यका अनुसार यो आयोजनाका लागि विद्युत प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्डबीच संयुक्त कम्पनी स्थापना गर्न संयुक्त उपक्रम सम्झौतामा अर्को बैठक पूर्व टुंगो लगाउने समझादारी समेत भएको छ ।

विज्ञप्तीमा सुनकोशी–३ जलविद्युत आयोजनाबाट उत्पादित विद्युत भारत हुँदै बंगलादेशसम्म पुर्‍याउने सुनिश्चितताका लागि भारत सरकारलाई अनुरोध गर्ने निर्णय समेत भएको उल्लेख छ । बैठकमा विद्युत व्यापारका लागि प्रस्तावित अन्तरदेशीय प्रसारण लाइनको प्राविधिक र आर्थिक पक्षको अध्ययन गर्ने सहमति पनि भएको छ ।

माथिल्लो कर्णाली जलविद्युत आयोजनाको विद्युत बंगलादेशले खरिद गर्ने विषयमा पनि छफल भएको छ । जलविद्युत क्षेत्रमा बंगलादेशी लगानी भित्र्याउन उर्जा सम्बन्धी व्यवसायी सम्मेलन समेत अायोजना गरिने भएको छ।

वैकल्पिक उर्जा उत्पादन र प्रवर्द्धनका लागि उर्जा प्रवर्द्धन केन्द्र र सस्टेनेबल एन्ड रिन्युएबल इनर्जी डेभलपमेन्ट अथुरिटी बंगलादेशबीच सहकार्य गर्ने सम्बन्धी समझदारीलाई आवश्यक प्रशासनिक प्रकृया पुरा गरेर हस्ताक्षर गर्ने सहमति पनि भएको छ ।

नेपाल, बंगलादेश र भारतबीच विद्युत व्यापार, अन्तरदेशीय प्रसारण लाइन निर्माण लगायतका विद्युत क्षेत्रमा सहकार्यका लागि द्विपक्षीय बैठकमा त्रिपक्षीय संयन्त्र बनाउन आ–आफ्नो तर्फबाट पहल गर्ने समझदारी पनि भएको छ।

बैठकमा बंगलादेशी प्रतिनिधि मण्डलको नेतृत्व विद्युत, उर्जा तथा खनिज मन्त्रालयका वरिष्ठ सचिव मोहम्मद हविबुर रहमानले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS