IME Life New

स्वास्थ्य बीमा रणनीतिक मार्गचित्र सार्वजनिक, के-के छन् सिद्धान्त, लक्ष्य र रणनीति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले ‘स्वास्थ्य बीमा रणनीतिक मार्गचित्र २०८१।८२–२०८६।८७’ सार्वजनिक गरेको छ।

स्वास्थ्य उपचारमा व्यक्तिगत खर्च क्रमशः कम गर्दै नागरिकलाई वित्तीय सुरक्षा प्रदान गर्न यो मार्गचित्र तयार पारिएको बोर्डले जनाएको छ। तोकिएका उपलब्धिहरु हासिल गर्नका लागि आवश्यक भावी रणनीतिक उद्देश्य, प्राथमिकता र कार्यनीति, अपेक्षित नतिजाका लागि सम्बन्धित साझेदार निकायहरुबीच साझा बुझाइ र साझा योगदानका सूत्र निर्धारण गरी स्वास्थ्य बीमामार्फत सम्पूर्ण नागरिकलाई स्वास्थ्य सेवामा समानुपातिक पहुँच बढाउन पनि मार्गचित्र आवश्यक रहेको बोर्डले जनाएको छ।

Esewa
Crest

यस्ता मार्गचित्रका मार्गदर्शक सिद्धान्त, लक्ष्य तथा रणनीति

सिद्धान्त

  • स्वास्थ्य सेवामा सर्वव्यापी पहुँच ।
  • गुणस्तरीय स्वास्थ्य सेवा तथा सुशासन ।
  • स्वास्थ्य सेवामा वित्तीय संरक्षण तथा स्वास्थ्य बीमाको दिगोपना ।
  • बहुक्षेत्रीय समन्वय र साझेदारी ।

लक्ष्य

  • सबैका लागि स्वास्थ्य बीमा सुनिश्चित गरी स्वास्थ्यमा सुधार ।

उद्देश्य

  • संरचनागत सुदृढीकरण तथा सुशासन अभिवृद्धि गर्नु ।
  • स्वास्थ्य बीमा कार्यक्रममा नागरिकको आबद्धता वृद्धि र स्वास्थ्य उपभोगमा संरक्षण गर्नु ।
  • सामाजिक स्वास्थ्य सुरक्षाका कार्यक्रमहरुबीच सामञ्जस्यता कायम गर्दै कार्यदक्षता र वित्तीय दिगोपना प्रवर्द्धन गर्नु ।
  • दाबी व्यवस्थापन, बीमा सूचना प्रणाली र अनुगमन तथा मूल्यांकनको सुदृढीकरण गर्नु ।

रणनीति

  • बोर्डको संरचनागत सुदृढीकरण तथा सुशासन ।
  • स्वास्थ्य बीमा ऐन तथा नियमावली परिमार्जन र आवश्यक कार्यविधि निर्माण ।
  • बीमा कार्यक्रममा नागरिकको आबद्धतामा वृद्धि ।
  • स्वास्थ्य बीमा सञ्चालनमा दिगो वित्तीय व्यवस्थापन ।
  • सूचीकृत स्वास्थ्य संस्थाबाट प्रवाह गरिने स्वास्थ्य सेवामा सुधार ।
  • बीमा व्यवस्थापन सूचना प्रणालीको सुदृढीकरण ।
  • दाबी व्यवस्थापन प्रणालीको परिमार्जन ।
  • अनुगमन तथा मूल्यांकन प्रणालीमा सुधार ।
  • कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि समन्वय र सहकार्य ।
HIB_Strategy_Roadmap_2081_82

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS