IME Life New

बीमा ऐन र नियमावलीमा संशोधनको माग गर्दै अभिकर्ताले थाले प्राधिकरणमा धर्ना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा ऐन र प्रस्तावित बीमा नियमावलीमा असन्तुष्टि जनाएका अभिकर्ताहरुले आजबाट नेपाल बीमा प्राधिकरणमा धर्ना सुरु गरेका छन्।

पेसागत बीमा अभिकर्ता संघ नेपालको अगुवाइमा अभिकर्ताहरुले बीमा प्राधिकरणमा धर्ना सुरु गरेका हुन्। यो धर्ना कार्यक्रममा बीमा ऐन र प्रस्तावित बीमा नियमावलीमा संशोधन नभएसम्म जारी रहने संघका उपाध्यक्ष दीपक अर्यालले बताए। ‘हाम्रो धर्ना सम्पूर्ण अभिकर्ता साथीहरुको हकहितका लागि हो’, उनले भने।

Esewa
Crest

यसअघि असोज ४ गते संघले बीमा प्राधिकरणसँगै ६ वटै प्रदेश कार्यालयमा ज्ञानपत्र बुझाउँदै प्रस्तावित नियमावलीमा संशोधन गर्न विभिन्न १७ बुँदे सुझाव पेस गरेका थिए।

जीवन बीमा जनताको सेवा गर्ने एक प्रकारको पवित्र काम भएकाले यसमा गरिने कुनै पनि जनभावना विपरीतका कार्यहरुबाट समग्र नेपाली अर्थतन्त्रलाई कमजोर बनाउने संघको दाबी छ। यसले बीमा क्षेत्रमा कार्यरत जनशक्ति विदेश पलायन हुन बाध्य हुने संघको भनाइ छ।

आमसर्वसाधारणले बीमा क्षेत्रमा गरेको लगानीको कुनै प्रतिफल प्राप्त नहुने र लगानी डुब्नेसम्मको अवस्था रहने संघले जनाएको छ। हालको बीमा नियमावली २०८१ मा प्रस्ताव भएका कतिपय विषयहरु जीवन बीमा क्षेत्रलाई बदनाम गर्ने मनसाय राखेको संघले ठहर छ।

प्रस्तावित नियमावलीबाट पर्न जाने भयावह असरको जिम्मा नेपाल सरकार, अर्थ मन्त्रालय र स्वयं बीमा प्राधिकरणले लिनुपर्ने संघले स्पष्ट पारेको छ। त्यसका लागि प्रस्तावित बीमा नियमावलीको अन्तिम मस्यौदा मन्त्रिपरिषदमा पेस हुनुअघि पेसागत बीमा अभिकर्ता संघ नेपालसँग आवश्यक छलफल गरी ल्याउने वातावरण बनाउनुपर्ने अभिकर्ताहरुको माग छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS