IME Life New

स्वास्थ्य बीमा बोर्डका अध्यक्ष लोहनीको राजीनामा अझैसम्म थाती

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. गुणराज लोहनीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा दिएको राजीनामा अझैसम्म मन्त्रीपरिषदबाट स्वीकृत भएको छैन। अध्यक्ष लोहनीले भदाै २८ गते स्वास्थ्यमन्त्री प्रदीप पाैडेलको सचिवालयमार्फत राजीनामा पत्र दिएका थिए ।

स्वास्थ्य बीमा ऐन २०७४ को दफा २५ को प्रावधान अनुसार बोर्ड अध्यक्षको नियुक्ति नेपाल सरकार मन्त्री परिषदबाट भएकाले उनको राजीनामा पत्र पनि मन्त्री परिषदबाट स्वीकृत गरिनुपर्छ। स्वास्थ्य मन्त्रालयले लोहनीको राजीनामा पत्र अझैसम्म पनि मन्त्री परिषद सचिवालयमा पेश गरेको छैन ।

Esewa
Crest
स्वास्थ्य बीमा बोर्डका अध्यक्षको राजीनामा सम्बन्धी प्रावधान। स्वास्थ्य बीमा ऐन २०७४

अर्थ र स्वास्थ्य मन्त्रालयबाट बीमा कार्यक्रमका लागि आवश्यक वित्तीय श्रोत उपलब्ध नभएको भन्दै बोर्ड अध्यक्ष डा. लोहनीले राजीनामा दिएका थिए । बीमा कार्यक्रमको बक्याैता दाबी भुक्तानीका लागि एकमुष्ठ बजेट निकासा गर्न माग गरेपनि मन्त्रालयले सहमति नदिएपछि उनले असन्तुष्टी जनाउँदै राजीनामा दिएका हुन् ।

डा. लोहनीलाई १३ मंसिर २०८० मा बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको अध्यक्ष पदमा नियुक्त गरेको थियो । कार्यकाल पुरा हुन अझै तीन वर्षभन्दा बढी समय बाँकी छँदै उनले राजीनामा दिएका हुन्। स्वास्थ्य बीमा कार्यक्रमको अवधारणा विकासमा योगदान दिएका लोहनीले कार्यक्रममा देखिएको कमजोरी सच्याउनका लागि नीतिगत सुधारका प्रयास गरेका थिए । कार्यक्रम अन्तर्गतको अनावश्यक उपचार र फर्जी दाबी रोक्न सह भुक्तानी प्रणाली लागू गरेका थिए । सुविधा थैली परिमार्जन गरेर समय अनुकुल बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS