IME Life New

बिरामीलाई अनावश्यक रेफर नगर्न स्वास्थ्य संस्थालाई बीमा बोर्डको निर्देशन, नत्र भुक्तानी रोक्ने चेतावनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध स्वास्थ्य संस्थालाई बिरामीलाई अनावश्यक रेफर नगर्न निर्देशन दिएको छ।

बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्था (निजी तथा सामुदायिक अस्पताल)का नाममा परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो।

Esewa
Crest

‘चिकित्सक सेवाको आचरणविपरीत अस्पताल तथा चिकित्सकले संस्थामा सेवा पर्याप्त हुँदाहुँदै पनि बिरामीलाई अनावश्यक रेफर गरेको गुनासा आएका छन्’, पत्रमा भनिएको छ, ‘अबउप्रान्त आफ्नो संस्थामा भइरहेको सेवालाई ख्याल नगरी अन्यत्र रेफर गर्न पाइने छैन। रेफर गर्नुपरेमा अनिवार्य रुपमा कारण खुलाउन पर्नेछ।’

स्वास्थ्य बीमा ऐन २०७४, नियमावली २०७५, रिफरल कार्यविधि २०८०, कार्यावन्यनमा रहेको सुविधा थैली, दाबी समीक्षा निर्देशिका (पहिलो संसोधन) २०८१ र रयिल टाइम कार्यविधि २०८० विपरीत निजी तथा सामुदायिक अस्पतालमा चिकित्सक सेवाको आचरणविपरीत काम भइरहेकोमा ध्यानाकर्षण भएको बीमा बोर्डले जनाएको छ।

बीमा बोर्डले अनावश्यक रेफर गरेको पाइएमा दाबी मूल्यांकन तथा रुजु गर्दा त्यस्तो रकम शोधभर्ना नगर्ने चेतावनी पनि दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS