IME Life New

नेपाल मेडिकल कलेजको अध्यक्ष पदमा डा. अन्सारी निर्वाचित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जोरपाटीस्थित नेपाल मेडिकल कलेज शिक्षण अस्पतालको सञ्चालक समिति अध्यक्ष पदमा प्राध्यापक डाक्टर जैनुद्दिन अन्सारी निर्वाचित भएका छन्। धुम्बाराहीस्थित होटल अकामामा शुक्रबार सम्पन्न कलेजको २४ औं वार्षिक साधारण सभाले अन्सारीलाई चार वर्षका लागि अध्यक्ष पदमा निर्वाचित गरेको हो ।

साधारणसभाले अन्सारीको अध्यक्षतामा पाँच सदस्यीय सञ्चालक समिति निर्विरोध निर्वाचित गरेको छ ।  निर्वाचित हुनेमा निवर्तमान अध्यक्ष डा. भोला रिजालसँगै डा. आनन्द प्रसाद श्रेष्ठ, डा साविहा यासमिन र शाहनवाज अन्सारी रहेका छन् । डा साविहा र शाहनवाज डा जैनुद्दिनका छोरी र छोरा हुन् । अध्यक्ष पदमा निर्वाचित हुनु अघि अंसारी प्रबन्ध निर्देशकको जिम्मेवारीमा रहेका थिए ।

Esewa
Crest

नवनिर्वाचित अध्यक्ष अन्सारीले अस्पतालका सम्पूर्ण चिकित्सक, कर्मचारी र विद्यार्थीको सामूहिक योगदानमार्फत् कलेजलाई नयाँ उचाई र सफलतामा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन् । अन्सारीको नेतृत्वमा दुई दशकदेखि वीरगन्जमा नेशनल मेडिकल कलेज शिक्षण अस्पताल सञ्चालनमा रहेको छ। उनले मोफसलमा मेडिकल कलेज सञ्चालनको अनुभवलाई नेपाल मेडिकल कलेजको व्यवस्थापनमा उपयोग गर्ने बताए ।

२०५४ साल फागुन २५ गते स्थापना भएको नेपाल मेडिकल कलेजमा २०८७८ असारमा २५ प्रतिशत शेयर खरिद गरेर नेशनल मेडिकल कलेजका अध्यक्ष अन्सारी व्यवस्थापन सम्हालेका थिए । यो कलेजमा अहिले चिकित्सा शिक्षा अन्तर्गत एमबीबीएस, बीडीएस, एमडीएमएस, एमडीएस, बिएस्सी नर्सिङ, एमएस्सी नर्सिङ लगायतका विषयमा अध्यापन हुँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS