IME Life New

सगरमाथा लुम्बिनी इन्स्योरेन्स र रोयल अटो, इस्टर्न मोटर्स, इस्टर्न अटो प्वाइन्टबीच नगदरहित बीमा सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको)सँग महिन्द्राफोर ह्विलरको विराटनगर, इटहरी र धरानका आधिकारीक बिक्रेता रोयल अटो इन्टरप्राइजेज, इस्टर्न मोटर्स, इस्टर्न अटो प्वाइन्टले नगदरहित बीमा दाबीका लागि सम्झौता गरेका छन्।

सम्झौतापत्रमा आधिकारिक बिक्रेताका तर्फबाट इस्टर्न अटो प्वाइन्टका सञ्चालक किरण भट्टराई र सलिकोका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रले सम्झौतामा हस्ताक्षर गरेका छन्। यस सम्झौतापछि महिन्द्राका ग्राहकले सवारीसाधन मर्मतसम्भार वा बीमा दाबी गर्दा छिटो, सहज, पहुँचयोग्य र झन्झटमुक्त सेवाहरु पाउने छन्।

Esewa
Crest

उक्त अवसरमा सलिकोका कोशी प्रदेश प्रमुख नारायण गौतम तथा प्रतिनिधि, इस्टर्न मोटर्सका सञ्चालक उत्कृष्ट भट्टराई तथा प्रतिनिधि, स्थानीय बैंकका प्रतिनिधि, बीमा सर्भेयरलगायतको उपस्थिति थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS