IME Life

डेंगीको संक्रमण ह्वात्तै बढ्यो, १८ महिनामा १ हजार भन्दा बढी संक्रमित थपिए

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लामखुट्टेको टोकाइबाट फैलिने डेंगीको संक्रमणमा सरकारी निकाय चुक्दा पछिल्लो साढे सात महिनामा २ जनाको मृत्यु भएको छ। थप ३ हजार ७ सयभन्दा बढीमा यो रोगको संक्रमण फैलिएको छ। वर्षातको माैसम अझै पनि जारी रहेकाले संक्रमण अझै फैलिने भन्दै स्वास्थ्यकर्मीले चिन्ता व्यक्त गरेका छन् ।

डेंगीको संक्रमण फैलिन नदिनका लागि तीनै तहका सरकारले कार्य योजनामार्फत् बजेट खर्चिए पनि रोग नियन्त्रणमा उपलब्धी देखिएको छैन । चालू अगस्त महिनाको पहिलो १८ दिनभित्रै १ हजार २४३ जना बिरामी थपिएका छन् ।

Prabhu
Crest

विभागका अनुसार जनवरी देखि अगस्त १८ सम्मको अवधिमा उपचारका क्रममा दुईजना बिरामीको ज्यान गएको र अन्य ३ हजार ७ सय ५५ जना संक्रमित भएका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जानकारी दिएको छ।

तुलनात्मकरूपमा चीसो माैसम हुने गण्डकी प्रदेशमा यसपटक सर्वाधिक संख्यामा डेंगीका संक्रमित पहिचान गरिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गण्डकी प्रदेशमा सर्वाधिक १ हजार ४४८ जनामा यो संक्रमणको पुष्टी भएको छ।

दोश्रो ठूलो संक्रमित संख्या बागमतीमा ९ सय २८, तेश्रो ठूलो संख्या कोशीमा ६ सय ३९ र चाैथो ठूलो संख्या लुम्बिनीमा ३ सय २८ जना संक्रमित छन् । सुदूरपश्चिममा संक्रमितको संख्या ३ सय ९५, मधेश प्रदेशमा ६५ र कर्णाली प्रदेशमा ५२ जना संक्रमित फेला परेका महाशाखाले दिएको तथ्यांकमा उल्लेख छ । गतवर्ष ५० हजार जनामा डेंगी संक्रमण पुष्टी भएकोमा उपचारका क्रममा २० जनाको मृत्यु भएको थियो ।

डेंगीको संक्रमितमा कडा खाले ज्वरो, टाउको दुख्ने, बान्ता  आउने, शरीर एकदमै दुख्ने, छाला रातो हुने, रगतमा प्लेटलेट्सको मात्रा ह्वात्तै घट्ने लक्षणहरू देखापर्छन् ।

विशेषगरी दिउँसो उज्यालोमा कालो र सेतो छिरबिरे लामखुट्टेको टोकाइबाट डेंगी रोगको संक्रमण लामखुट्टेबाट मानिसमा सर्छ। रोगबाट संक्रमित हुन नदिन उज्यालो समयमा लामखुट्टेको टोकाईबाट जोगिनुपर्छ। लामखुट्टेले जमेको सफा पानीमा अण्डा(लार्भा)लाई जन्म दिने भएकाले घरवरपर वर्षातको पानी स साना खाल्डोमा जम्न नदिन वा भाँडाकुँडाहरूमा बिक्रो खुल्ला राखेर पानी जम्न नदिन स्वास्थ्यकर्मीले सुझाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS