IME Life New

विदेशी पुनर्बीमकका लागि प्राधिकरणले जारी गर्‍यो सूचीकरण मार्गदर्शन, यस्ता छन् प्रावधान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले विदेशी पुनर्बीमाकर्ता र पुनर्बीमा दलालका लागि सूचीकरण मार्गदर्शन, २०२४ जारी गरेको छ। साउन १ गतेदेखि नै लागू भइसकेको यो मार्गदर्शन प्राधिकरणले भने मंगलबार मात्र सार्वजनिक गरेको हो।

बीमकको पुनर्बीमा निर्देशिका २०८० को दफा ११ मा विदेशी पुनर्बीमक र पुनर्बीमा दलाल सूचीकृत हुनुपर्ने प्रावधान छ । सोही प्रावधानलाई मार्गदर्शनका माध्यमबाट नियामक प्राधिकरणले व्याख्या गरेको हो ।

Esewa
Crest

यो मार्गदर्शनको प्रावधान अनुसार नेपालमा पुनर्बीमा व्यवसाय गर्न चाहने विदेशी पुनर्बीमक वा पुनर्बीमा दलालले प्रत्येक आर्थिक वर्ष समाप्त हुनु एक महिना अगावै प्राधिकरणमा सूचीकृत हुनुपर्नेछ। पहिले नै सूचीकृत भई सकेका पुनर्बीमक वा दलालले प्रत्येक आर्थिक वर्ष समाप्त हुनु अगावै आगामी आर्थिक वर्षका लागि दर्ता नविकरण गर्नुपर्नेछ । यसमा मार्गदर्शनको अनुसूची ३ बमोजिमको रेटिङ प्राप्त पुनर्बीमकका लागि सूचीकरण अनिवार्य गरिएको छैन ।

यसैगरी ऐच्छिक(फ्याकल्टेटिभ) पुनर्बीमा सम्झाैता गरेको पुनर्बीमक वा पुनर्बीमा दलालको हकमा सम्झाैता मितिबाट १५ दिनभित्र प्राधिकरणमा सूचीकृत हुनुपर्ने प्रावधान मार्गदर्शनमा समेटिएको छ।

बीमकको पुनर्बीमा निर्देशिका २०८० को दफा ११ मा समेटिएको विदेशी पुनर्बीमकको रेटिङ सम्बन्धि व्यवस्था

प्राधिकरणले पुनर्बीमा निर्देशिका २०८० को प्रावधानलाई मार्गदर्शनमा समावेश गर्दै विदेशी पुनर्बीमक र पुनर्बीमा दलाल कम्पनीका लागि न्यूनत्तम रेटिङ(श्रेणी) तोकेको छ। निर्देशिकामा विदेशी पुनर्बीमकमध्ये दक्षिण एशियाली मुलुकका पुनर्बीमकको हकमा पनि रेटिङ अनिवार्य गरिएको छैन । मार्गदर्शनमा सन्धी पुनर्बीमा र ऐच्छिक पुनर्बीमा दुबै पुनर्बीमा सेवाका लागि एमएम वेष्ट रेटिङ एजेन्सीबाट ए डब्बल प्लस वा एसएण्ड पि वा मुडिज वा फिच रेटिङ एजेन्सीबाट त्रिपल ए रेटिङ प्राप्त गर्नुपर्नेछ। ऐच्छिक पुनर्बीमा सम्झाैताका लागि न्यूनत्तम बि श्रेणीको रेटिङ अनिवार्य गरिएको छ।

बीमकको पुनर्बीमा निर्देशिका २०८० मा सूचीकरण अनिवार्य नगरिएको विदेशी पुनर्बीमकको रेटिङ सम्बन्धी व्यवस्था।

निर्धारित न्यूनत्तम क्रेडिट रेटिङ प्राप्त गर्न नसक्ने वा पहिलेको रेटिङ खस्किएर न्यूनत्तम रेटिङ आवश्यक्ताभन्दा तल झरेको अवस्थामा त्यस्तो विदेशि पुनर्बीमक वा पुनर्बीमा दलाललाई प्राधिकरणले ख समूहमा वर्गिकरण गर्नेछ । यो समूहमा परेको पुनर्बीमकसँग पहिले नै सम्झाैता गरिएको भए स्वदेशी बीमकले दुई वर्ष आर्थिक वर्षभित्र क्रमशः घटाउँदै कारोबार बन्द गर्नुपर्नेछ।

आर्थिक वर्षको कुनै पनि समयमा प्राविधिक बीमामा संलग्न विदेशी पुनर्बीमक वर्ष फ्याकल्टेटिभ समर्थन प्राप्त गरेपछि १५ दिनभित्र सूचीबद्ध हुनुपर्ने प्राधिकरणले व्यवस्था गरेको छ।

Enlistment Guidelines for Foreign Reinsurers

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS