IME Life New

म्युनिख रिको उत्कृष्ट वित्तीय प्रदर्शन, साढे ४०%ले बढ्यो नाफा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । म्युनिख रिले वित्त वर्ष २०२४ को दोस्रो त्रैमाससम्म उत्कृष्ट वित्तीय प्रदर्शन गरेको छ।

कम्पनीले सर्वाजनिक गरेको वित्तीय विवरणअनुसार नाफा ४०.५ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले १ अर्ब २६ करोड डलर नाफा गरेकोमा समीक्षा अवधिमा बढेर १ अर्ब ७७ करोड डलर पुगेको छ।

Esewa
Crest

यो वर्षको ६ महिनामा कम्पनीले १६ अर्ब ३० करोड डलरबराबरको आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले १५ अर्ब ४५ करोड डलरबराबरको आम्दानी गरेको छ।

कम्पनीको इक्विटी पनि बढेर ३३ अर्ब ४६ करोड डलर पुगेको छ। म्युनिख रिको सोल्भेन्सी रेसियो बढेर २८७ प्रतिशत पुगेको छ।

कम्पनीको वार्षिकीकृत रिटर्न अन इक्विटी (आरओई) २०३ प्रतिशत रहेको छ। अघिल्लो वर्ष यही अवधिमा आरओई १५.९ प्रतिशत थियो।

कम्पनीले वित्त वष २०२४ मा ५.४५ अर्ब डलर नाफा कमाउने लक्ष्य राखेको छ। यो वर्ष ६ महिनाको वित्तीय प्रदर्शनले कम्पनीले यो लक्ष्य प्राप्ति गर्नेमा ढुक्क देखिएको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS