IME Life New

नेपाल पुनर्बीमा कम्पनीको नाफा साढे ५१ करोड माथि, कस्तो छ व्यापारको अवस्था ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले आर्थिक वर्ष २०८०।८१ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार शेयरपुँजी १२ अर्ब ८१ करोड रुपैयाँ भएको कम्पनीले तेस्रो त्रैमाससम्म ५१ करोड ५८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ५९ करोड ६२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफामा १३.४९ प्रतिशतको गिरावट आएको छ।

तेस्रो त्रैमाससम्म कम्पनीले ६ अर्ब १९ करोड २५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ६ अर्ब ३९ करोड ५२ लाख कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन ३.१७ प्रतिशतले घटेको छ।

Esewa
Crest

समीक्षा अवधिसम्म कम्पनीले ५ अर्ब १५ करोड ४३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ८.५७ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ५ अर्ब ६३ करोड ७६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीको स्पेसल रिजर्भमा ३ अर्ब ९२ करोड ७१ लाख रुपैयाँ, महाविपत्ति कोषमा २७ करोड ६३ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १ अर्ब ८ करोड ८७ लाख रुपैयाँ र अन्य इक्विटीमा ७८ करोड ८० लाख रुपैयाँ रहेको छ। अघिल्लो आर्थिक वर्ष २०७९।८० को असार मसान्तसम्म कम्पनीको स्पेसल रिजर्भमा ३ अर्ब ८३ करोड ८० लाख रुपैयाँ, महाविपत्ति कोषमा २६ करोड ७४ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ६७ करोड २० लाख रुपैयाँ र अन्य इक्विटीमा ७२ करोड ९४ लाख रुपैयाँ थियो।

कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) सामान्य घटेर ४.०३ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म ईपीएस ४.६५ रुपैयाँ थियो। पीई रेसियो १९२.५५ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १४७.४५ रुपैयाँ रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS