IME Life New

भक्तपुर क्यान्सर अस्पतालमा दुई शत्रमा बहिरङ सेवा सेवा शुरू

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालमा दुई शत्रमा बहिरङ सेवा (ओपिडी) सेवा शुरू गरेको छ। अस्पताल प्रशासनले बिहानको पहिलो शत्रका लागि एक सय रूपैयाँ र दिउँसोको दोश्रो शत्रका लागि तीन सय रूपैयाँ बहिरङ सेवा शुल्क तोकेको छ।

भक्तपुर क्यान्सर अस्पतालका निमित्त कार्यकारी निर्देशक डाक्टर उज्वल चालिसेका अनुसार अस्पतालले साउनको पहिलो साताबाट टोकन प्रणालीबाट सेवा लिने र अनलाइन टिकट काट्न मिल्ने सुविधा शुरू गरिएको छ ।यसैगरी शल्यकृया कक्ष पनि पाँचवटा सञ्चालनमा ल्याइएको छ।

Esewa
Crest

अस्पतालको रेडियोथेरापी सेवालाई सहज बनाउनका लागि रेडियोथेरापी मेशिन थपिएको छ। १६ स्लाईसको सिटीस्क्यान मेशिन एक थान मात्र रहेकोमा अर्को पनि जडान गरिएको छ। यसका कारण सिटीस्क्यानका लागि दुई सातासम्म कुर्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।

अस्पतालले साउन मसान्तसम्ममा प्रयोगशाला र अन्य परिक्षण प्रतिवेदन अनलाइन माध्यमबाटै नै प्राप्त गर्न सक्ने व्यवस्था मिलाउने भएको छ।

अस्पतालले दैनिक ४ सय ५० देखि ६ सय ५० जना बिरामीलाई ओपिडी सेवा दिदैं आएको छ। दैनिक ३ वटासम्म सघन र २ वटा सामान्य शल्यकृया गरिंदै आएकोमा शल्यकृया कक्ष थपिएसँगै एक दिनमा पाँचवटासम्म सघन शल्यकृया गर्न सकिने भएको अस्पताल प्रशासनले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS