IME Life New

अहिलेकै ऐन-नियमले स्वास्थ्य बीमा कार्यक्रम व्यवस्थित हुन सक्दैनः स्वास्थ्यमन्त्री

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अहिलेकै ऐन–नियमले स्वास्थ्य बीमा कार्यक्रम व्यवस्थित हुन नसक्ने बताएका छन्।

प्रतिनिधिसभा बैठकमा सोमबार सांसद प्रेम सुवालले गरेको प्रश्नको जबाफमा मन्त्री पौडेलले यस्तो धारणा राखेका हुन्। उनले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन विद्यमान ऐनमै परिवर्तन गर्न आवश्यक रहेको औंल्याए। ‘स्वास्थ्य उपचारमा सहज बनाउनका लागि आमनागरिकलाई स्वास्थ्य बीमा कार्यक्रममा समेट्न सरकारले छुट्टै अध्ययन समिति बनाउने तयारी गरिरहेको छ’, उनले भने, ‘बीमासम्बन्धी ऐन र नीति–नियम परिवर्तन गरी यसलाई थप व्यवस्थित बनाउन जरुरी छ।’

Esewa
Crest

मन्त्री पौडेलले स्वास्थ्य बीमा कार्यक्रमको दायरा फराकिलो बनाउन, संगठित सबै क्षेत्रलाई बीमासँग आबद्ध गर्न र त्यसका लागि स्रोत सुनिश्चित गर्न सरकारले पहल गरिरहेको बताए। ‘यसका लागि गृहकार्य भइरहेको छ’, उनले भने, ‘स्वास्थ्य बीमा बोर्ड र मन्त्रालयबीच छलफल भइरहेको छ।’

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS