IME Life New

दक्षिण कोरियामा ऐतिहासिक निर्णय, समलिंगी दम्पतीले पनि स्वास्थ्य बीमा सुविधा पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दक्षिण कोरियामा समलिंगी दम्पतीले स्वास्थ्य बीमा सुविधा पाउने भएका छन्।

दक्षिण कोरियाको सर्वोच्च अदालतले राष्ट्रिय स्वास्थ्य बीमा सुविधा समलिंगी दम्पतीले पाउनुपर्ने फैसला गरेको छ। यो फैसलाले दक्षिण कोरियामा रहेका समलिंगी समुदाय जित रहेको ब्लुमबर्गमा प्रकाशित खबरमा उल्लेख छ।

Esewa
Crest

दक्षिण कोरियाको सर्वोच्च अदालतले बिहीबार स्वास्थ्य बीमाका लागि समलिंगी दम्पती योग्य रहने फैसला गरेको थियो। दक्षिण कोरियामा वैवाहिक समानतालाई पहिलोपटक मान्यता दिएको हो। यद्यपि, यो फैसला स्वास्थ्य सेवा प्रणालीमा मात्र सीमित छ र यसले समलिंगी विवाहलाई पूर्ण कानुनी मान्यता दिन मिल्दैन।

एम्नेस्टी इन्टरनेसनको इस्ट एसिया अनुसन्धानकर्ता बोराम जङले दक्षिण कोरियामा लैंगिक समानता र मानवअधिकारको क्षेत्रमा यो फैसला ऐतिहासिक जित भएको बताए। यद्यपि, लामो न्यायिक प्रक्रियालाई पनि ध्यान दिँदै जङले भने, ‘समलिंगी दम्पतीहरुले आधारभूत अधिकार सुरक्षित गर्न सक्नुपर्छ।’

अन्य एसियाली मुलुकहरुको तुलनामा दक्षिण कोरियामा समलिंगी विवाहलाई कम समर्थन रहेको देखिन्छ। हालै गरिएको सर्भेक्षणमा ४१ प्रतिशत दक्षिण कोरियालीले समलिंगी विवाहलाई समर्थन गरेको पाइएको थियो। जब कि जापानमा समलिंगी विवाहलाई ६८ प्रतिशतले समर्थन गरेका छन्। सबैभन्दा कम इन्डोनेसियामा ५ प्रतिशतले मात्रै समलिंगी विवाहलाई समर्थन गरेको सर्भेका क्रममा देखिएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS