IME Life New

आजबाट थप १२ अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम लागू, कुन–कुनमा ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। आज साउन १ गतेबाट थप १२ वटा अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम लागू भएको छ।

स्वास्थ्य बीमा बोर्डले केही समयपछि थप १२ वटा अस्पताललाई स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत स्वास्थ्य सेवाका लागि सूचीकृत गरेको छ। जसमा १० वटा मेडिकल कलेज र २ वटा आँखा अस्पताल छन्।

Esewa
Crest

ती अस्पताललाई आर्थिक वर्ष २०८१।८२ बाट स्वास्थ्य बीमा कार्यक्रम लागू हुने गरी बोर्डले स्वीकृति दिएको थियो।सोहीबमोजिम आजबाट नयाँ आर्थिक वर्ष सुरु भएकोले ती अस्पतालमा पनि स्वास्थ्य बीमा कार्यक्रम लागू भएको बोर्डले जनाएको छ।

आजबाट स्वास्थ्य बीमा कार्यक्रम लागू भएका अस्पतालहरुमा नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल विराटनगर, देवदह मेडिकल कलेज खैरनी रुपन्देही, विराट मेडिकल कलेज शिक्षण अस्पताल विराटनगर, नेपाल मेडिकल कलेज शिक्षण अस्पताल जोरपाटी, काठमाडौं मेडिकल कलेज टिचिङ हस्पिटल सिनामंगल, बीएन्डसी मेडिकल कलेज शिक्षण अस्पताल झापा, किष्ट मेडिकल कलेज टिचिङ हस्पिटल ग्वार्को, नेपालगन्ज मेडिकल कलेज बाँके, चितवन मेडिकल कलेज शिक्षण अस्पताल भरतपुर र मनमोहन मेडिकल कलेज शिक्षण अस्पताल सीतापाइला छन्।

त्यसैगरी आँखा अस्पताल दृष्टि आई अस्पताल पोखरा र दिव्यज्योति आई केयर झापामा स्वास्थ्य बीमा कार्यक्रम लागू भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS