IME Life New

बीमा पोलिसीलाई लिएर कन्फ्युज हुनुहुन्छ ? कुन उमेरमा कस्ता योजना उपयुक्त ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आजको समयमा बीमा निकै महत्वपूर्ण बनेको छ। कोरोनाकालमा बीमाको महत्व सबैले बुझेका छन्। तर, सामान्यतया यो देख्न सकिन्छ कि एक व्यक्ति एउटा बीमा पोलिसी लिन्छन् अनि बिर्सिन्छन् र त्यसमै निर्भर रहन्छन्। तर, यो सही होइन। बरु उमेर बढ्दै जाँदा आफ्नो बीमा पोलिसी परिवर्तन गर्नु धेरै महत्वपूर्ण छ। उमेर बढ्दै जाँदा हाम्रा आवश्यकता पनि परिवर्तन हुन थाल्छन् र उमेरअनुसार बीमा पोलिसीको आवश्यकता पनि परिवर्तन हुन थाल्छ। त्यसैले उमेरका विभिन्न चरणअनुसार सही बीमा छनौट गर्नु महत्वपूर्ण हुन्छ।

बीमा युवाका लागि लाभदायक

Esewa
Crest

सामान्यतया युवाले २० वर्षदेखि २५ वर्षको उमेरमा जागिर सुरु गर्ने गरेको देखिन्छ। यो उमेरमा उनीहरुले जागिर सुरु गर्नेबित्तिकै बीमा पोलिसी लिनुपर्छ। करिअरको सुरुआतमा आर्थिक बोझ निकै कम भए पनि यस्ता धेरै युवामा अभिभावक र घरको जिम्मेवारी पक्कै पनि हुने गरेको विज्ञहरु बताउँछन्। त्यसैले सबैभन्दा पहिले स्वास्थ्य बीमा लिनु जरुरी छ। जागिर सुरु गर्दा अपांगतासँग सम्बन्धित बीमा वा व्यक्तिगत दुर्घटना बीमा पनि लिनुपर्छ। अहिले अधिकांश व्यावसायिक युवाले कार वा बाइक प्रयोग गर्छन्। त्यसैले सवारी बीमासँगै टर्म प्लानका बारेमा सोच्नु फाइदाजनक हुनेछ।

२५–४० वर्षको उमेरमा कुन बीमा कभर लिन उपयुक्त ?

युवा अवस्थापछि २५ वर्षदेखि ४० वर्ष उमेर समूहका लागि आवश्यक बीमा पोलिसीहरुको कुरा गर्ने हो भने यो उमेरमा मानिसको जीवनमा धेरै परिवर्तन आउँछन्। विवाह र सन्तानसँगै जिम्मेवारी पनि बढेको हुन्छ। यो उमेरमा बीमाको आवश्यकता सबैभन्दा बढी हुन्छ। त्यसैले यो उमेरमा बीमा गर्दा धेरै ध्यान दिनुपर्ने विज्ञहरु बताउँछन्। यो उमेरका व्यक्तिले आफ्नो परिवारलाई स्वास्थ्य बीमामा मात्र समावेश गर्नुहुँदैन, यसका साथै टर्म प्लान लिनु पनि जरुरी हुन्छ। यदि तपाइँंले घर खरिद गर्नुभएको छ र यसमा घर कर्जा छ भने त्यो ऋण पनि कभर गर्न बीमा योजना लिनु लाभदायक हुनेछ।

४५ वर्षदेखि ५५ वर्षको उमेरमा यी आवश्यकता

आवश्यकता र खर्च द्रुतगतिमा बढ्दा २५ वर्षदेखि ४० वर्षको उमेर हो। मानिसहरु आफ्नो आवश्यकताअनुसार घर कर्जादेखि लिएर धेरै प्रकारका ऋण लिन्छन्। तर, ४५ देखि ५५ वर्षसम्मको उमेर भनेको घर कर्जा सामान्यतया परिपक्वताको अवस्थामा हुँदा अन्य ठूला खर्च देखा पर्छन्। जसमध्ये सबैभन्दा ठूलो भनेको बालबालिकाको उच्च शिक्षाको बोझ हो। तसर्थ, आम्दानी जोगाउन, ठूला ऋण कभर गर्न र भविष्यका लक्ष्य पूरा गर्न कभर आवश्यक भएकाले बीमाको आवश्यकता अझै बाँकी छ। यस्तो अवस्थामा टर्म इन्स्योरेन्सलाई निरन्तरता दिनु जरुरी छ। यसबाहेक यो उमेरमा राम्रो चिकित्सा बीमा हुनु धेरै महत्वपूर्ण हुन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS