IME Life New

भियतनामको स्वास्थ्य बीमा क्षेत्रमा उल्लेख्य प्रगति, ९३.३५%को सहभागिता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भियतनामको स्वास्थ्य बीमा कभरेज र स्वास्थ्य सेवा प्रणालीमा उल्लेखनीय सुधार भएको छ।

भियतनाम सामाजिक सुरक्षा (भीएसएस) का महानिर्देशक न्गुएन द म्यानले भियतनाम स्वास्थ्य बीमा दिवसमा मन्तव्य राख्दै स्वास्थ्य बीमा क्षेत्रमा उल्लेख प्रगति हासिल भएको दाबी गरेका हुन्। स्वास्थ्य बीमासम्बन्धी कानून लागू भएको १५ वर्षपछि देशले आफ्नो स्वास्थ्य बीमा सहभागिता दर ९३.३५ प्रतिशत अर्थात करिब ९३ लाख ६० हजार जनतासम्म पहुँच पुगेको उनले जानकारी दिए। तुलनात्मक रुपमा सन् २००८ मा ४६.१ प्रतिशत जनतामा स्वास्थ्य बीमाको पहुँच थियो।

Esewa
Crest

भियतनाममा कोभिड–१९ महामारीको बाबजुद स्वास्थ्य बीमा कभरेज लगातार बढेको छ। विशेषगरी कम आय भएका व्यक्ति, गरिबीको रेखा मुनि रहेकाहरु र कमजोर सामाजिक समूहलाई स्वास्थ्य बीमाले फाइदा पुर्याइरहेको छ।

हाल भियतनामभरि लगभग १३ हजार स्वास्थ्य सेवा केन्द्रले स्वास्थ्य बीमा कोषमा समेटिएकाहरुलाई आवश्यक चिकित्सा सेवा प्रदान गर्दछ। स्वास्थ्य सेवामा सुविधाजनक पहुँच सुनिश्चित गर्दै यस प्रणालीमा सार्वजनिक र निजी सुविधा समावेश छन्।

पहिले घाटामा रहेको कोष अहिले आकस्मिक अधिशेषसँग सन्तुलित छ। गत वर्षको खर्च ४.७८ अर्ब डलर पुगेको थियो जुन २००९ यता आठगुणाले बढेको छ।

विगत १५ वर्षमा कोषले चिकित्सा सेवाहरुका लागि लगभग ३८.९ अर्ब डलर वितरित गरेको छ। कोषले महँगा औषधि र लक्षित क्यान्सर उपचार र कृत्रिम हिप ज्वाइन्ट र धमनी स्टेन्टजस्ता महँगो चिकित्सा उपकरणका लागि आवश्यक लागतसहित यसको कभरेज विस्तार गरेको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS