IME Life New

सरकारी स्वास्थ्य संस्थामा विशेषज्ञ सेवा प्रदान गर्न स्वास्थ्य बीमा बोर्डले थाल्यो पहल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सरकारी स्वास्थ्य संस्थामा विशेषज्ञ सेवा प्रदान गर्न पहल थालेको छ।

बीमा बोर्डले एक सूचना जारी गर्दै बोर्डमा सेवा प्रदायक संस्थाका रुपमा आबद्ध भएका सामुदायिक तथा निजी अस्पतालहरुले सरकारी आधारभूत वा प्रादेशिक अस्पतालहरुमा नियमित बहिरङ्ग (ओपीडी) विशेषज्ञ सेवा प्रदान गर्न पहल थालेको हो। हप्तामा ३ दिन नजिकैको सरकारी आधारभूत वा प्रादेशिक अस्पतालहरुमा विशेषज्ञ सेवा प्रदान गर्न सामुदायिक तथा निजी अस्पतालहरुसँग सम्झौता गरी असार मसान्तसम्म [email protected] मा पठाउन बीमा बोर्डले आग्रह गरेको छ।

Esewa
Crest

सम्झौतापछि सोहीबमोजिम सेवा प्रदान गर्न बीमा बोर्डको कार्यकारी निर्देशकस्तरको असार १४ गतेको निर्णयबाट निर्देशन दिइएको छ।

त्यस्ता सामुदायिक तथा निजी अस्पतालमध्ये १०० शय्यासम्मको अस्पतालले हप्तामा १ दिन, २०० शय्यासम्मको अस्पतालले हप्तामा २ दिन र ३०० शय्या वा सोभन्दा माथिका अस्पतालले हप्तामा ३ दिन नजिकको आधारभूत था प्रादेशिक अस्पतालहरुमा नियमित बहिरङ्ग विशेषज्ञ सेवा प्रदान गर्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS