IME Life New

सञ्चय कोषले नाै महिनामा सञ्चयकर्तालाई बाँड्यो ४० करोड रूपैयाँ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कर्मचारी सञ्चय कोषले सञ्चयकर्ता र आश्रित परिवारजनलाई चालू आर्थिक वर्षको चैत्र मसान्तसम्ममा ४० करोड रूपैयाँ सहयोग रकम वितरण गरेको छ ।

कोषले प्रकाशन गरेको तथ्यांक अनुसार स्वास्थ्य उपचार सहयोगवापत ४ हजार २ सय ८७ सञ्चयकर्तालाई २५ करोड ५२ लाख रूपैयाँ वितरण गरिएको छ । चालू आवमा वितरण गरिएको सहयोग राशीमध्ये स्वास्थ्य उपचार सहयोगवापतको रकम सर्वाधिक हो । कुल वितरित रकममध्ये करिब ६४ प्रतिशत रकम स्वास्थ्य उपचार सहयोग शिर्षकमै वितरण गरिएको छ ।

Esewa
Crest

सुत्केरी तथा शिशु स्याहारवापत १५ हजार १७ सञ्चयकर्तालाई ११ करोड २६ लाख रूपैयाँ वितरण गरिएको छ । यसैगरी काजकिरिया खर्चवापत ५ सय ३५ जनालाई २ करोड १३ लाख रूपैयाँ सहयोग राशी उपलब्ध गराइएको छ ।

दुर्घटनामा परेर असामयीक निधन भएका सञ्चयकर्ताको आश्रित परिवारजनको राहतका लागि दुर्घटना क्षतिपूर्तीवापत प्रति परिवार २ लाख रूपैयाँका दरले ७८ सञ्चयकर्ताको परिवारलाई १ करोड ५६ लाख रूपैयाँ वितरण गरेको छ ।

कोषले सञ्चयकर्ताको हितका लागि सञ्चालन गरिरहेको सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत यी सुविधाहरू प्रदान गरिरहेको छः

(क)सञ्चयकर्ता स्वास्थ्य उपचार योजनाः

सञ्चयकर्ता वा निजको पति वा पत्नीको साधारण रोग उपचार गराएको हकमा प्रत्येक आर्थिक वर्षमा रू.१ लाखसम्म र घातक रोग     उपचारको हकमा सेवा अवधिभरिमा अधिकतम रु.१० लाखसम्म रकम सोधभर्ना प्रदान गरिने ।

(ख) सुत्केरी तथा शिशु स्याहार सुविधाः

प्रति प्रसुती रु.७,५०० (जागिरे अवधिमा २ पटक) ।

(ग) दुर्घटना क्षतिपूर्ति योजनाः

सञ्चयकर्ता वा निजको हकवालालाई २ लाख रूपैयाँ ।

(घ) काजकिरिया अनुदानः हकवालालाइ ४० हजार रूपैयाँ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

20%
sad

दु :खी

0%
amazed

अचम्मित

80%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS