IME Life New

वार्ताका माध्यमबाट समाधान खोज्न आन्दोलनकारी पक्षसँग बीमा बोर्डको अनुरोध

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बीमा दर्ता सहयोगीहरूको आन्दोलनका कारण बीमा सेवा प्रभावित भएको भन्दै आन्दोलन स्थगन गर्न अनुरोध गरेको छ। बोर्डले बिहीबार जारी गरेको विज्ञप्तीमा दर्ता सहयोगीहरूलाई वार्ताका माध्यमबाट समस्याको समाधान खोज्न अनुरोध समेत गरेको छ ।

स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत बीमित दर्ताका लागि सहयोगीको रूपमा कार्य गर्दै आएका दर्ता सहयोगीको पारिश्रमिकमा १ प्रतिशत आयकर लाग्दै आएकोमा महालेखा परिक्षकको कार्यालयले १५ प्रतिशत कर कट्टी गर्नुपर्ने भन्दै आर्थिक वर्ष २०७९।८० को पारिश्रमिकमै करवापतको रकम बेरूजु देखाएको छ। महालेखाले बेरूजु रकम सम्बन्धित दर्ता सहयोगीबाटै असुल उपर गर्न समेत निर्देशन दिएको छ ।

Esewa
Crest

बोर्डले दर्ता सहयोगीको पारिश्रमिकमा १५ प्रतिशत कर कट्टी गर्ने भएपछि देशैभरका बीमा दर्ता सहयोगीहरू चरणबद्ध आन्दोलनमा उत्रिएका छन् । उनीहरूले बोर्डको क्षेत्रिय कार्यालयहरूमा तालाबन्दी देखि दर्ता बहिष्कार समेत गरेका छन् ।

बीमा बोर्डले वार्ताका माध्यमबाट समस्याको समाधान खोज्न आन्दोलनकारी पक्षसँग अनुरोध गरेको छ । जारी आन्दोलनका कारण बीमा कार्यक्रमप्रति नै वितृष्णा फैलिन लागेको भन्दै त्यस्तो कार्य नगर्न अनुरोध गरेको छ ।

दर्ता सहयोगीहरूले मासिक तलब निर्धारण गर्नुपर्ने, सामाजिक सुरक्षाको व्यवस्था गर्नुपर्नेलगायतका माग अघि सार्दै देशव्यापी आन्दोलन शुरू गरेकाले स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध बीमितको दर्ता नविकरण समेत प्रभावित हुने भएको छ । यसबाहेक उनीहरूले १० प्रतिशत प्रोत्साहन रकम कायम गर्न, दर्ता सहयोगी पद हटाइ उचित पद नामाकरण गर्न, पोशाकको व्यवस्था गर्न माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

50%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS