IME Life New

स्वास्थ्य बीमामा बिरामीसँगै चर्को शुल्क असुलेपछि लाइफ गार्ड अस्पताल कारवाहीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सामाजिक सुरक्षा अन्तर्गत सञ्चालन गरिएको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत विराटनगरको लाइफ गार्ड अस्पतालले बिरामीसँग चर्को शुल्क असुलेर ठगी गरेको छ । स्वास्थ्य बीमा बोर्डले बीमित बिरामीसँग ठगी गरेकोमा अस्पताललाई तीन महिनाको लागि कार्यक्रमबाट निलम्बन समेत गरेको छ।

बीमा कार्यक्रम अन्तर्गत उपचार सेवा लिन आउने सेवाग्राहीसँग बीमा कार्यक्रममा उपचार सुविधा समावेश नभएको भन्दै चिकित्सकीय परामर्श र शल्यकृयावापत प्रति बिरामी १५ देखि ४० हजार रूपैयाँसम्म अस्पताल व्यवस्थापनले असुली गरिरहेको गुनासो सेवाग्राहीले बोर्ड र अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा गरेका थिए । गुनासो सम्बन्धमा छानबिनका क्रमममा प्रारम्भिक चरणमै अस्पतालको बदमाशी फेला परेपछि बोर्ड शुक्रबारदेखि अस्पतालमा बीमा कार्यक्रम तीन महिनाका लागि स्थगन गरेको हो ।

Esewa
Crest

अस्पतालले सेवाग्राहीसँग अतिरिक्त शुल्क असुली गरेको समाचार स्थानीय सञ्चारमाध्यमहरूबाट गत जेठ २५ गते प्रमाण सहित प्रकाशन गरिए पछि अस्पताल सञ्चालक समिति अध्यक्ष डा. एकवाल अहमदले अस्पतालले ठगी नगरेको भन्दै सार्वजनिक सूचनामार्फत् खण्डन गरेका थिए ।

स्थानीय अनलाइन सञ्चारमाध्यमका हाम्रो मतका अनुसार पथरी शनिश्चरेका ६५ वर्षीय लोकबहादुर श्रेष्ठ पेट दुखेर पीडा भएपछि गत फागुन ४ गते लाइफ गार्ड हस्पिटलमा भर्ना भएका थिए । उनको मृगाैला छेउमा पानीको फोका (सिस्ट) रहेको भन्दै अस्पतालका यूरोलोजिष्ट डा. अहमदले शल्यकृया गर्नुपर्ने सुझाव दिए र शल्यकृया पनि भयो । तर शल्यकृया गर्नु अघि उनको परिवारजनसँग उपचारमा लाग्ने इम्प्लाण्ट र चिकित्सक टोली व्यवस्थापनवापत ४० हजार रूपैयाँ दिनुपर्ने माग तेर्स्यायो । असफल शल्यकृयावापत अस्पतालले स्वास्थ्य बीमा बोर्डबाट ४६ हजार रूपैयाँ दाबी भुक्तानी लिई सकेको थियो ।

यसैगरी अस्पतालले पथरीकै अर्का एक बिरामीको छाला चिरेर शल्यकृया गरेकोमा लेप्रोस्कोपि प्रविधिबाट मृगाैलाको पथरी शल्यकृया गरेको भन्दै स्वास्थ्य बीमा बोर्डबाट अतिरिक्त रकम दाबीको प्रयास गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

25%
sad

दु :खी

25%
amazed

अचम्मित

25%
excited

उत्साहित

25%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS