IME Life New

हिमालयन रि ले भारतीय पुनर्बीमक जिआइसी रि सँग गरेको ट्रिटी पुनर्बीमा के हो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निजी क्षेत्रको पुनर्बीमक हिमालयन रिइन्स्योरेन्स लिमिटेडले  भारतीय पुनर्बीमक जिआइसी रिबाट ट्रिटी पुनर्बीमावापतको केही हिस्सा प्राप्त गर्ने भएको छ । निजी क्षेत्रको लगानीमा सञ्चालनमा आएको चार वर्षको छोटो अवधिमै कम्पनीले भारतीय सरकारी स्वामित्वको पुनर्बीमकबाट ट्रिटीमा हिस्सा प्राप्त गर्ने सम्बन्धमा दुबै पक्षबीच सम्झाैता भएको हो ।

हिमालयन रिले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ”जिआइसी रि जस्तो विश्व विख्यात कम्पनीले देखाएको विश्वासले कम्पनीलाई आगामी दिनमा अन्य देशमा समेत व्यवसाय विस्तार गर्न हौसला प्रदान गरेको छ ।” जिआइसी रि विश्वको सोह्राैं ठूलो पुनर्बीमक कम्पनी हो । यसको संयुक्त लगानीमा भुटानमा समेत पुनर्बीमा कम्पनी सञ्चालनमा रहेको छ ।

Esewa
Crest

यो सम्झाैतासँगै अब पुनर्बीमा ट्रिटीवापत जिआइसी रिले प्राप्त गर्ने बीमाशुल्क आम्दानी बचतमा हिमालयन रि ले पनि सम्झाैतामा तोकिए बमोजिमको हिस्सा प्राप्त गर्नेछ। यसवापत हिमालयन रिले आफ्नो हिस्साको जोखिमवापत क्षतिपूर्तीको भार समेत व्यहोर्नुपर्नेछ । पुनर्बीमा कम्पनीहरूबीच, बीमा र पुनर्बीमा कम्पनीबीच र बीमा कम्पनीहरूबीच संयुक्तरूपमा जोखिम बहन गरेर वित्तीय दायीत्व बाँडफाँड गर्नका लागि पुनर्बीमा सम्झाैता हुने गरेको छ । पुनर्बीमा सम्झाैता अन्तर्गत फ्याकलटेटिभ ट्रिटी पनि हुन्छ, जसमा प्रत्येक पटक बीमकले बीमालेख जारी गर्नु अघि पुनर्बीमकसँग जोखिम हस्तान्तरणका लागि पुनर्बीमा सम्झाैतामा हस्ताक्षर गर्नुपर्छ । पुनर्बीमा ट्रिटी छाता पुनर्बीमा सम्झाैता हो भने फ्याकलटेटिभ ट्रिटी यस भित्रको एउटा सानो अंश सरह हो ।

पुनर्बीमा ट्रिटी सम्झाैता अन्तर्गत दुई वा दुईभन्दा बढी पुनर्बीमक वा दुई बीमक वा बीमक र पुनर्बीमकबीच समान प्रकृतीको सबै जोखिम बहन गर्ने सम्बन्धमा हुने छाता सम्झाैता हो । यस अन्तर्गत एक पटक सम्झाैता भइ सकेपछि पुनर्बीमा कम्पनीले आफूसँग सम्झाैता गर्ने बीमकलाइ सम्झाैता अन्तर्गतको पूर्व स्वीकृत शर्तहरूको अधिनमा रही स्वतः जोखिम ग्रहण हुने प्रतिबद्धता जनाएको हुन्छ।

 

हिमालयन रिइन्स्योरेन्स लिमिटेडले भारत सहित अन्य ३० भन्दा बढी देशमा पुनर्बीमा सेवा प्रदान गरिरहेको छ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

88%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

13%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS