IME Life New

स्वास्थ्य बीमा कार्यक्रममा थप १२ अस्पताल आबद्ध

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले थप १२ वटा अस्पताललाई स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत स्वास्थ्य सेवाका लागि सूचिकृत गरेको छ । बोर्डले सो अन्तर्गत १० वटा मेडिकल कलेज र २ वटा आँखा अस्पताललाई सेवाका लागि सूचिकृत गराएको हो ।

बोर्डले यी अस्पतालहरुलाई आगामी आर्थिक वर्ष २०८१/ ८२ बाट लागु हुनेगरी स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत सेवा प्रदान गर्न स्वीकृति दिएको बोर्डले जनाएको छ ।

Esewa
Crest

बोर्डले आर्थिक वर्ष २०८१/ ८२ बाट लागु हुनेगरी सेवा प्रदान गर्न स्वीकृति दिएको थप १२ वटा अस्पतालहरुमा नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल बिराटनगर, देवदह मेडिकल कलेज खैरनी रुपन्देही,बिराट मेडिकल कलेज शिक्षण अस्पताल बिराटनगर,  नेपाल मेडिकल कलेज शिक्षण अस्पताल जोरपाटी, काठमाडौं मेडिकल कलेज टिचिङ हस्पिटल सिनामंगल,  बीएण्डसी मेडिकल कलेज शिक्षण अस्पताल झापा, किष्ट मेडिकल कलेज टिचिङ हस्पिटल ग्वार्को,  नेपालगञ्ज मेडिकल कलेज बाँके चितवन मेडिकल कलेज शिक्षण अस्पताल भरतपुर र मनमोहन मेडिकल कलेज शिक्षण अस्पताल सितापाइला रहेका छन् ।

त्यसैगरी आँखा अस्पतालहरुमा दृष्टि आइ अस्पताल पोखरा र दिव्यज्योति आइ केयर झापा  रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

25%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS