Connect IPS
IME Life

नेपाल पुनर्बीमा कम्पनीको नवौँ वार्षिक साधारणसभा सम्पन्न, प्रस्तावित लाभांश अनुमोदन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको आफ्नो नवौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभा काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्ड एन्ड ब्यांक्वेटमा सम्पन्न भएको हो ।

सभाले कम्पनीको चुक्तापुँजी १२ अर्ब ८१ करोड ३५ लाख ४३ हजार ७५० रुपैयाँको कुल ५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ४.७५ प्रतिशतले हुन आउने ६० करोड ८६ लाख ४३ हजार ३२ रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.२५ प्रतिशतले हुन आउने नगद लाभांश अनुमोदन गरेको छ । बोनस शेयर वितरणपश्चात कम्पनीको साविक जारी तथा चुक्तापुँजी वृद्धि भई १३ अर्ब ४२ करोड २१ लाख ८७ हजार ७८ रुपैयाँबराबरको कायम हुने हुँदा सोहीअनुसार प्रबन्धपत्रको दफा ६ (२) र ६ (३) संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गरेको छ ।

Prabhu
Crest

सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ भने लेखापरीक्षकको प्रतिवेदनसहित २०८० असार मसान्तको वासलात, आर्थिक वर्ष २०७९/८० को नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र वित्तीय विवरणसँग सम्बन्धित अनुसूची छलफल गरी पारित गरेको छ ।

सभाले कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८०/८१ का लागि बाह्य लेखापरीक्षकमा टीआर उपाध्याय एन्ड कम्पनी, चार्टर्ड अकाउन्टेन्ट्स, काठमाडौंलाई नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्नेछ । सभाले समिति तथा उपसमितिको बैठक भत्ता अनुमोदन गरेको छ ।

सभाले नियमावलीको नियम २७ को उपनियम (२) (ख) अनुसार नेपाल सरकार बाहेकका संस्थागत लगानीकर्ताबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्न एकजना सञ्चालकको सभाले निर्वाचन गरेको छ ।कम्पनी ऐन, २०६३ को दफा १०५ को (१) (ग) अनुसार सञ्चालक समितिको निर्णयबमोजिम संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएका खर्चलाई पनि सभाले अनुमोदन गरेको छ ।

कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा नेपाल सरकार वा नियमनकारी निकायबाट कुनै फेरबदलको सुझाव प्राप्त भएमा सोहीबमोजिम आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी सभाले प्रदान गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS