IME Life New

अतिअशक्त र अपांगता भएका व्यक्तिलाई स्वास्थ्य बीमामा आबद्ध गरिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले अतिअशक्त र अपांगता वर्गका व्यक्तिलाई स्वास्थ्य बीमा आबद्ध गर्ने योजना लिएको छ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यसबारेमा जानकारी गराएका हुन्। ‘राज्य सुविधा परिचयपत्र प्राप्त परिवारका अतिअशक्त तथा अपांगता वर्गमा परेका व्यक्तिलाई स्वास्थ्य बीमामा आबद्ध गरिनेछ’, उनले भने।

Esewa
Crest

सरकारले आगामी आर्थिक वर्षमा ‘हामी बा–आमा, हाम्रो जिम्मेवारी’ अभियान सञ्चालन गर्ने भएको छ। ‘स्थानीय तहमा रहेका ज्येष्ठ नागरिक मिलन केन्द्र विस्तार गर्दै लगिनेछ’, उनले भने, ‘सातै प्रदेशमा सुविधासम्पन्न वृद्धाश्रमको स्थापना गरिनेछ।’

सार्वजनिक सेवा अपांगतामैत्री बनाउँदै लगिने र सार्वजनिक–निजी साझेदारीमा अपांगता भएका व्यक्तिहरुको पुनर्स्थापनाका कार्यक्रम सञ्चालन गरिने योजना सरकारको रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS