IME Life New

ई सिगारेट (बिजुली चुरोट) को आयातमा प्रतिबन्ध लगाउन महालेखा परिक्षककाे सुझाव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । परम्परागत चुरोटको विकल्पमा आएको ई सिगारेट(बिजुली चुरोट) को अत्यधिक उपभोगले जनस्वास्थ्यमा नकारात्मक असर परेको भन्दै आयातमा प्रतिबन्ध लगाउने पक्षमा विचार गर्न सरकारलाइ सुझाव दिएको छ।

महालेखा परिक्षकको कार्यालयले एकसाठ्ठीऔं प्रतिवेदनका मार्फत् ई सिगारेटको अनियन्त्रित आयातमा रोक लगाउने सम्बन्धमा पुनरावलोकन गर्न सरकारलाई सुझाव दिएको हो ।

Esewa
Crest

प्रतिवेदनमा ”अमेरिकन लङ्गस एशोसिएशनले इ सिगारेट, भेप पेन्स, ई-जुस जस्ता मालवस्तुको सेवनबाट यी वस्तुमा रहेको निकोटिन, प्रापोलिन, ग्लिसिरेल, आर्कोलिन, डाइथालिन, डाइएसिटिल, निकोटिन लिड, हानिकारक केमिकल र उच्च मेटल युक्त क्याडियम, बेन्जामिन जस्ता तत्व सिधै फोक्सोमा पुगी मानव स्वास्थ्य र प्रजनन् स्वास्थ्यमा समेत असर गर्ने उल्लेख गरेको छ। यस्तो मालवस्तुको पैठारीमा भारत लगायत देशहरूले प्रतिबन्ध लगाएका छन् । यस्तो प्रकृतिको मालवस्तुको आयात अनुमति सम्बन्धमा पुनरावलोकन हुनुपर्दछ।” भन्ने उल्लेख गरिएको छ ।

स्वास्थ्य मन्त्रालयको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले भेपको आयात प्रतिबन्धका लागि विभिन्न निकायमा यसअघि नै पत्राचार समेत गरिसकेको छ । सुर्तीजन्य पदार्थ नियमन तथा नियन्त्रण निर्देशिका २०७१ को दफा २८ मा यस्ता पदार्थको बिक्री वितरणमा प्रतिबन्ध लगाउने व्यवस्था छ। स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले नेपालमा विशेष गरी युवा र बालबालिकामा भेपको प्रयोग बढ्दो रहेको र यसले स्वास्थ्यमा पार्ने असरलाई मध्यनजर गर्दै प्रतिबन्धका लागि पहल गरिएको जनाइको छ।

केन्द्रका अनुसार नेपालको कुल जनसङ्ख्याको करिब १० प्रतिशत बराबर सङ्ख्यामा विद्युतीय चुरोट गत आर्थिक वर्षमा मात्रै आयात भएको पाइएको छ। भन्सार विभागका अनुसार गत आर्थिक वर्ष मात्रै २८ लाख भेप नेपालमा आयात भएको छ। भन्सार नाकामा दर्ता नभई पनि भेप आयात भएको हुन सक्ने आशंका गरिएको छ।

भेपको आयातबाट मात्रै सरकारले गत आर्थिक वर्ष १३ करोड राजश्व सङ्कलन गरेको तथ्याङ्क छ। आव २०७८।०७९ मा कुल ४ लाख २६ हजार ३७२ थान भित्रिएको यस्तो वस्तु आर्थिक वर्ष २०७७।०७८ मा २९ हजार २८ थान मात्रै आयत भएको थियो । जसको लागत मूल्य ३२ लाख ९८ हजार मात्रै थियो ।

नेपाली बजारमा भेपको मूल्य १० हजार रुपैयाँदेखि २२ हजार रुपैयाँसम्म पर्छ । भेपको उपकरणबाहेक यसमा स्वादका लागि तरल पदार्थ प्रयोग गरिन्छ। निश्चित समयपछि सकिने यस्ता पदार्थको मूल्य पनि दुई हजार रुपैयाँदेखि तीन हजार चार सय रुपैयाँसम्म पर्ने बताइन्छ।

विद्युतीय चुरोट ब्याट्रीबाट चल्ने यन्त्र हुन् । प्रयोगकर्ताले चुरोटको सर्को ताने ओंठमा चेपेर सर्को तान्दा यसभित्र रहेको तरल पद्धार्थ वाष्पमा परिणत भएर मुख घाँटी हुँदै फाेक्सो सम्म पुग्छ । श्वास लिने बाफमा निकोटिन (सुर्तीमा लाग्ने लत लाग्ने औषधि), स्वाद, र विषाक्त पदार्थ मिसाइएको हुनाले यसलाई क्यान्सर निम्त्याउन सक्ने सुर्तीजन्य पदार्थको वर्गमा राखिएको छ ।

सहज उपलब्धता र असीमित डोजका कारण चुरोटको सर्कोभन्दा भेपको सर्को अनियन्त्रित हुँदा यसले धुमपानको लत झनै बढाएको छ। काठमाडौंका रेष्टुरेण्ट बारहरूमा भेप प्रयोगकर्ताहरूमा यूवा जमात अधिक देख्न सकिन्छ । भेपको अनियन्त्रित प्रयोगले जनस्वास्थ्य र विशेविद्युतीय चुरोट ब्याट्रीबाट चल्ने यन्त्रहरू हुन् । जुन मानिसहरूले तरल पदार्थलाई सास फेर्न सकिने वाष्पमा तताउन प्रयोग गर्छन् । श्वास लिने बाफमा निकोटिन (सुर्तीमा लाग्ने लत लाग्ने औषधि), स्वाद, र विषाक्त पदार्थहरू समावेश हुने भएकाले यसलाई क्यान्सर निम्त्याउन सक्ने सुर्तीजन्य पदार्थ मानिन्छ ।

विशेषगरी तन्नेरी पुस्तामा नकारात्मक प्रभाव पारेको निष्कर्ष सहित छिमेकी मुलुक भारतले सन् २०१९ को अक्टुबर महिना देखि नै यसको आयातमा प्रतिबन्ध लगाइ सकेको छ। भारतले भेपको आयातमा प्रतिबन्ध लगाउने सम्बन्धमाThe Prohibition of Electronic Cigarettes (Production, Manufacture, Import, Export, Transport, Sale, Distribution, Storage and Advertisement) Act कानून नै लागू गरेको छ । बंगलादेश, भुटान, श्रीलंका, मलेसिया, क्याम्बोडिया, लाओस, ब्राजिल, अर्जेटिना, मेक्सिकोमा भेपको आयात  र प्रयोग प्रतिबन्ध गरिएको छ। यसैगरी अष्ट्रेलियामा पुनःप्रयोगमा ल्याउन नसकिने र प्रतिबन्धित सूचीमा रहेका भेपको आयातमा प्रतिबन्ध लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS