IME Life New

नेपाल रिको सीईओमा सुरेन्द्र थापा नियुक्त, प्राधिकरणबाट स्वीकृत हुन बाँकी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुरेन्द्र थापा नियुक्त भएका छन्। सीईओ छनौट तथा सिफारिस समितिले सीईओका लागि सर्टलिस्टमा परेका ५ जना उम्मेदवारको कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि जेठ ११ गतेको मिति तय गरेको थियो। कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताबाट बाँकी ४ जना उम्मेदवारलाई पछि पार्दै थापा सीईओमा नियुक्त भएका हुन्। उनलाई समितिले ४ वर्ष कार्यकालका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको छ।

थापाको नियुक्ति नेपाल बीमा प्राधिकरणबाट स्वीकृत हुन बाँकी छ। सीईओ नियुक्तिसम्बन्धी बीमा प्राधिकरणको संस्थागत सुशासनसम्बन्धी व्यवस्थाअनुसार पूर्वस्वीकृतिका लागि बीमा प्राधिकरण पेस गर्नुपर्ने प्रावधान छ।

Esewa
Crest

त्यसैले थापाले अबको ३ सातापछि कम्पनीमा आफ्नो जिम्मेवारी सम्हाल्ने छन्। उनले आफूले प्रस्तुत गरेका कार्ययोजनालाई गाइडलाइनका रुपमा लिएर कम्पनीलाई अगाडि बढाउने योजना सुनाए।

थापा साबिक राष्ट्रिय बीमा संस्थानका पूर्वसहायक प्रशासकका थिए। उनले अजोड इन्स्योरेन्सको डीसीईओ भूमिका पनि निर्वाह गरेका थिए।

समितिको गत फागुन ७ गते प्रकाशित गरेको सूचनाबामोजिम सीईओका लागि दरखस्ता दिएकामध्ये सर्टलिस्टमा परेका उम्मेदवारको नामावली सार्वजनिक गरेको थियो। सर्टलिस्टमा थापासहित दामोदर भण्डारी, नारायणकुमार भट्टराई, बुद्धकाजी श्रेष्ठ र श्रीमान कार्की परेका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

20%
happy

खुसी

20%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

60%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS