IME Life New

वाणिज्य बैंकमा भित्रैबाट सीईओ चुनेका अर्थमन्त्री पुनको रोजाइमा नेपाल रिका लागि को पर्ला ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि)ले प्रमुख कार्यकारी अधिकृत (सीईओ) को चयनका लागि शुक्रबार अन्तर्वार्ता गर्दैछ। गत वर्ष पुस महिनामा प्रमुख कार्यकारी अधिकृत शंकर रायमाझीको अनिवार्य अवकाशपछि पुनर्बीमा कम्पनी नेतृत्वविहीन रहेको थियो।

प्रमुख कार्यकारी अधिकृतको अनुपस्थितिमा निमित्त प्रमुख कार्यकारी अधिकृतको हैसियतमा दामोदर भण्डारीले निमित्त प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका थिए। निजी क्षेत्रको पुनर्बीमकको आगमनपछि बीमा नियामकले सरकारी संरक्षणहरु खोसिदिँदा नेपाल रिका कर्मचारी टुलुटुलु हेरेर बस्न बाध्य भए। सरकारी स्वामित्वको यो कम्पनीले सरकारी आरक्षणलाई पुनः प्राप्ति गर्दै व्यावसायिक कारोबारको आकार विस्तार गर्नुपर्ने चुनौती छ।

Esewa
Crest

पुनर्बीमा व्यवसाय पूर्ण प्राविधिक व्यवसाय भएकाले यसमा अन्य बीमा कम्पनी सञ्चालनको अनुभवमात्र पर्याप्त हुँदैन। पुनर्बीमा सन्धिमार्फत प्राप्त हुने प्रस्तावमा निहीत जोखिमको सूक्ष्म विश्लेषण गरेपछि मात्र जोखिम बहन गर्ने नगर्ने अन्तिम निर्णय लिने जिम्मेवारी सीईओको काँधमा हुन्छ। त्यसैले पुनर्बीमा कम्पनीको नेतृत्वमा पुनर्बीमा सम्बन्धमा अनुभव प्राप्त नेतृत्वको खाँचो पुनर्बीमा कम्पनीलाई छ।

पुनर्बीमा व्यवसायमा जोखिमको स्वरुप तीव्रगतिमा बदलाव आइरहने भएकाले यो क्षेत्रमा निरन्तरको अनुभवले मात्र व्यावसायिक वातावरण ठम्याउन र चुनौतीको पहिचान गर्न सम्भव हुन्छ। स्वदेशी भूमिमा मात्र नभएर अन्तर्राष्ट्रिय बजारमा नै पुनर्बीमा कारोबार सञ्चालन गर्नुपर्ने भएकाले अन्तर्राष्ट्रिय पुनर्बीमा जोखिमबारे अध्यावधिक जानकारीको साथै विदेशी बीमक, पुनर्बीमक र पुनर्बीमा दलालसँग मित्रवत् व्यावसायिक सम्बन्ध पनि अत्यावश्यक हुन्छ।

व्यावसायिक प्रतिस्पर्धी रि इन्स्योरेन्सबाट बजार सुरक्षित गर्नुपर्ने चुनौती खेपिरहेका बेला झन्डै ४ महिनासम्म अर्थ मन्त्रालयले सीईओ चयन नगर्दा नीतिगत निर्णयहरुमा ढिलाइ भएको छ।

नेपाल रिको सीईओ पदका लागि श्रीमान कार्की, सुरेन्द्र थापा, दामोदर भण्डारी, साविक युनाइटेड इन्स्योरेन्सका पूर्वसञ्चालक बुद्धकाजी श्रेष्ठ र साबिक गुराँस लाइफका पूर्वसीईओ नारायणकुमार भट्टराईले अन्तर्वार्ता चरणका लागि चुनिएका छन्। यी उम्मेदवारमध्ये कार्की नेपाल बीमा प्राधिकरण (साबिक बीमा समिति) मा निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी निर्वाह गरेका व्व्यक्ति हुन्। उनी केही समय अघिसम्म सिटिजन लाइफ इन्स्योरेन्सको सञ्चालक समिति सदस्य रहेका थिए।

अर्का दाबेदार सुरेन्द्र थापा पछिल्लो समय साविक अजोड इन्स्योरेन्सको नायब प्रमुख कार्यकारी अधिकृत रहेका थिए। त्यसअघि एनआईडीसी क्यापिटलको पूर्वअध्यक्ष, राष्ट्रिय बीमा संस्थानको सहप्रशासक र सञ्चालक समिति सदस्य रहेका थिए। उनी औद्योगिक क्षेत्र विकास निगममा महाप्रबन्धकको जिम्मेवारीमा समेत रहेका थिए।

अर्का उम्मेदवार दामोदर भण्डारी नेपाल रिको संस्थापनादेखि कार्यरत अधिकारी हुन्। उनी नेपालमा रहेका बीमा र पुनर्बीमा क्षेत्रमा सीमित अनुभवीमध्येका एक हुन्। उनले २०५५ सालदेखि लगातार २०७२ कात्तिक १४ गतेसम्म बीमा नियामक साबिक बीमा समिति (हाल बीमा प्राधिकरण)मा रहेर नियामकीय अनुभव लिने अवसर पाए। त्यसअघि नै उनले सगरमाथा इन्स्योरेन्समा १ वर्षसम्म रहेर बीमा क्षेत्रमा आफ्नो करिअर सुरु गरेका थिए। नियामकीय संस्थामा कार्यरत रहँदा उनले प्रडक्ट डिजाइन र प्राइसिङको काम पनि गरे। आफ्नो कार्यकालको लामो समय उनले बीमा कम्पनीहरुको अनसाइट निरीक्षणमा पनि बिताए।

भण्डारीले बीमा दर निर्माणमा मोटर बीमा र सामुद्रिक बीमामा बीमाशुल्क दर निर्धारणको काम गरे। उनले अन्तर्राष्ट्रिय र पेसागत संघ–संस्थासँगको समन्वय र अन्तर्राष्ट्रियस्तरका सभा, सम्मेलन र तालिम कार्यक्रममा समेत सहभागिताको जनाएका छन्। व्यावसायिक यात्राका क्रममा भण्डारीले १ वर्षसम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बीमाविज्ञका रुपमा पनि काम गरेका थिए। निर्जीवन बीमा कम्पनी सगरमाथा इन्स्योरेन्समा रहँदा नै उनले निर्जीवन बीमा बजारको बारेमा बुझ्ने अवसर समेत पाए। यसबाहेक बीमा समितिको विराटनगर क्षेत्रिय कार्यालयमा तीनवर्षे कार्यकालमा पनि उनले नेपालको बीमा बजारको व्यवहारिक अभ्यासलाई नजिकबाट नियाल्ने अवसर पाएका थिए।
जनप्रशासन र समाजशास्त्रमा स्नातकोत्तर तहसम्मको अध्ययन पूरा गरेका भण्डारी २०७२ कात्तिक १५ गते नेपाल पुनर्बीमा कम्पनीमा नायब महाप्रबन्धक पदबाट प्रवेश गरेका हुन्।

अर्का उम्मेदवार नारायणकुमार भट्टराईसँग जीवन बीमा कम्पनीको नेतृत्व तहमा रहेर काम गरेको अनुभव छ। उनी पछिल्लो समय साबिक गुराँस लाइफ इन्स्योरेन्समा प्रमुख कार्यकारी पदमा रहेका थिए।

सीईओका उम्मेदवारको कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताको आज जेठ ११ गते हुँदैछ। सीईओ चयनका लागि छनौट तथा सिफारिस समितिले पाँचजनाको नाम कार्ययोजना र अन्तर्वार्ता सूचीका लागि चयन गरेको थियो। कार्ययोजना र अन्तर्वार्ता सूचीका लागि चयन भएका पाँचैजनाको प्रस्तुतीकरण तथा अन्तर्वार्ता थापाथलीस्थित नेपाल पुनर्बीमा कम्पनीको कार्यालयमा बिहान ८ः३० बजेदेखि मध्याह्न १२ः३० बजेसम्म हुनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS