IME Life New

बल्ल आयो नेपाल रिको प्रथम त्रैमासको रिपोर्ट, कम्पनी साढे ४७ करोडले घाटामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि)ले चालु आर्थिक वर्ष २०८०।८१ को प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार शेयरपुँजी १२ अर्ब ८१ करोड रुपैयाँ भएको कम्पनीले प्रथम त्रैमास ४७ करोड ५६ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १८ करोड ८९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

Esewa
Crest

असोज मसान्तसम्म कम्पनीले १ अर्ब ४३ करोड ४७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब १९ करोड ७१ लाख कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन ३४.७० प्रतिशतले कमले घटेको छ।

समीक्षा अवधिमा कम्पनीले १ अर्ब २८ करोड २० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा १५.९५ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले १ अर्ब ५२ करोड ५२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

चालु आर्थिक वर्षको प्रथम त्रैमासमा कम्पनीको स्पेसल रिजर्भमा ३ अर्ब ८३ करोड ८० लाख रुपैयाँ, महाविपत्ति कोषमा २६ करोड ७४ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १९ करोड ६९ लाख रुपैयाँ र अन्य इक्विटीमा ७१ करोड २४ लाख रुपैयाँ रहेको छ।

कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) ३.७१ रुपैयाँले ऋणात्मक भएको छ। अघिल्लो वर्ष यही अवधिमा ईपीएस १.४७ रुपैयाँ थियो। कम्पनीको प्रतिशेयर नेटवर्थ १३९.१४ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

38%
happy

खुसी

13%
sad

दु :खी

13%
amazed

अचम्मित

0%
excited

उत्साहित

38%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS