IME Life New

मृगौला रोगी र क्यान्सर पीडितको औषधोपचारवापतको खर्च रकम अब सिधै बैंक खातामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मृगौला, क्यान्सर र मेरूदण्ड पक्षघातका बिरामीलाई औषधोपचारका लागि सरकारले स्थानीय पालिकामार्फत् उपलब्ध गराउँदै आएको नगद रकम अब सिधै लाभग्राहीको बैंक खातामा जम्मा हुने भएको छ। यसअघि पालिकामार्फत् बिरामीको खातामा जम्मा हुँदै आएकोमा अब पालिकाले नभइ सिधै मन्त्रालयमार्फत् नै बिरामीको खातामा रकम जम्मा हुने भएको छ।

पालिकामार्फत् वितरण गर्दा रोगीलाई सास्ती भएको र रकमको दुरूपयोग भएको गुनासो आएपछि अर्थ मन्त्रालयले पालिकाको सिफारिशमा सिधै बैंक खातामै भुक्तानी दिने प्रावधान लागू गरेको हो । यसअघि मृगौला प्रत्यारोपण गरेका डाइलासिस गराइ रहेका क्यान्सर रोगी र मेरूदण्ड पक्षघातका बिरामीलाई वित्तीय हस्तान्तरणमार्फत् सोध भर्ना हुँदै आएको थियो।

Esewa
Crest

मृगौला प्रत्यारोपण गरेका डाइलासिस गराइ रहेका क्यान्सर रोगी र मेरूदण्ड पक्षघातका बिरामीलाई औषधी उपचार खर्च उपलब्ध गराउने सम्बन्धि कार्यविधि २०७८ को दफा ४ मा मासिक खर्चवापतको रकम स्थानीयपालिकामार्फत् सम्बन्धित बिरामीको बैंक खातामा जम्मा गर्नुपर्ने प्रावधान छ। कार्यविधि अनुसार मन्त्रालयले प्रत्येक बिरामीलाई पालिकामार्फत् मासिक ५ हजार रूपैयाँ औषधोपचार खर्च त्रैमासिकरूपमा उपलब्ध गराउँदै आएको छ।

स्वास्थ्य मन्त्रालयले जेठ महिनादेखि औषधोपचार खर्चवापतको रकम सिधै सम्बन्धित बिरामीको बैंक खातामा जम्मा हुने गरी माग गर्न स्थानीय पालिकाहरूलाई अनुरोध गरेको छ। यसका लागि स्थानीय पालिकाले सम्बन्धित बिरामीको पहिचान फारम भर्नुका साथै बैंक खाता सहितको विवरण अध्यावधिक गरेर स्वास्थ्य मन्त्रालयमा जानकारी पठाउनुपर्नेछ । बैंक खाता सहितको विवरण अध्यावधिक नभएको अवस्थामा बिरामीले औषधोपचार खर्चवापतको रकम भुक्तानी प्राप्त गर्नबाट बञ्चित हुनुपर्नेछ।

कार्यविधि अनुसार सरकारी र विदेशी संस्थामा कार्यरत वा त्यहाँबाट सेवानिवृत्त भई पेन्सनको सुविधा पाइरहेका व्यक्तिले यस्तो भत्ता पाउँदैनन् । ज्येष्ठ नागरिक भत्ता, एकल महिला भत्ता, दलित भत्ता, पिछडिएको भत्ता र अपाङ्ग भत्तालगायत अन्य सामाजिक सुरक्षा भत्ता पाइरहेकाहरूका लागि पनि यो सुविधा उपलब्ध छैन । एकै व्यक्तिलाई मृगाैला, क्यान्सर, वा मेरुदण्डमध्ये दुई वा तीनै किसिमको रोग लागेको छ भने पनि त्यस्तो बिरामीले मासिक खर्चवापत जम्मा रू ५ हजार मात्र भुक्तानी पाउँछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS