IME Life New

पुनर्बीमकले पाउने प्रत्यक्ष हिस्सा ७ दिनभित्र बुझाउन जीवन बीमकलाई निर्देशन, नत्र कारबाही

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमकलाई चालु आर्थिक वर्ष २०८०।८१ को प्रत्यक्ष हिस्सा पुनर्बीमा कम्पनीहरुलाई तत्काल बुझाउन निर्देशन दिएको छ।

स्वदेशी दुई पुनर्बीमकले पाउनुपर्ने प्रत्यक्ष हिस्सा जीवन बीमकहरुले नबुझाएकोमा गम्भीर ध्यानाकर्षण भएको भन्दै प्राधिकरणले सबै जीवन बीमकको नाममा परिपत्र जारी गर्दै तत्काल बुझाउन निर्देशन दिएको हो। प्राधिकरणले यसका लागि जीवन बीमकहरुलाई ७ दिने समयसीमा दिएको छ।

Esewa
Crest

पुनर्बीमा निर्देशिका, २०८० को दफा ७ बमोजिमको प्रत्यक्ष हिस्सा दुवै स्वदेशी पुनर्बीमकलाई अनिवार्य रुपमा प्रदान गर्नुपर्ने व्यवस्था हालसम्म पनि कार्यान्वयन नभएकोमा प्राधिकरणको ध्यानाकर्षण भएको छ। चालु आर्थिक वर्षमा प्रदान गर्नुपर्ने प्रत्यक्ष हिस्सा चालु आर्थिक वर्षको कुल संकलित प्रिमियमको ८ प्रतिशत हुने व्यवस्था स्पष्ट रहेकोमा जीवन बीमकहरुबाट कार्यान्वयनमा ढिलाइ भइरहेको प्राधिकरणले जनाएको छ। ‘यो पत्र प्राप्त भएको मितिले ७ दिनभित्र कार्यान्वयन गरी प्राधिकरणमा जारी गराउन अनुरोध छ’, पत्रका भनिएको छ।

पत्रमा पुनर्बीमा निर्देशिका जारी हुनुअगावै आर्थिक वर्ष २०७९।८० का लागि २०७९ साउन १ गतेदेखि प्रत्यक्ष हिस्साबापतको १०–१० प्रतिशत नयाँ तथा नवीकरण (नयाँ तथा पुराना) बीमालेखको पुनर्बीमा दुवै स्वदेशी पुनर्बीकममा बाँडफाँड गरी दिइसकेको उल्लेख छ। ‘यस्तो अवस्थामा आर्थिक वर्ष २०७९।८० को सम्पूर्ण अवधिका लागि सोहीबमोजिम निरन्तरता दिन पनि जानकारी गराइन्छ’, पत्रमा भनिएको छ।

यस विषयमा पटक–पटक निर्देशनको पालना नभएको देखिँदा बीमा ऐन, २०७९ को दफा १३८ बमोजिम कारबाही हुने पनि प्राधिकरण चेतावनी दिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS