IME Life New

जीआईसी रिको १०% हिस्सा बेच्ने तयारीमा भारत सरकार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारत सरकारको स्वामित्वमा रहेको पुनर्बीमा कम्पनी जनरल इन्स्योरेन्स कर्पोरेसन (जीआईसी रि)को १० प्रतिशत हिस्सा बेच्ने तयारी गरिएको छ।

वर्ष २०२५ भित्रै जीआईसी रिको १० प्रतिशत हिस्सा बेच्ने तयारीमा भारतीय सरकार रहेको बताइएको छ। भारतीय पुनर्बीमा बजारमा यो कम्पनीको उपस्थिति र बजार बलियो रहेको छ। यसबारे लगानीकर्तालाई जानकारी गराउन हालै आयोजित रोड शोमा जीआईसी रिले राम्रो प्रतिक्रियासमेत पाएको थियो।

Esewa
Crest

जीआईसी रिमा भारत सरकारको ८५.७८ प्रतिशत स्वामित्व रहेको छ। आउँदो अगस्टसम्म यसलाई घटाएर ७५ प्रतिशतमा ल्याउने योजनामा भारत सरकार रहेको छ। यसको मुख्य उद्देश्यले सर्वसाधारणको शेयर स्वामित्व कम्पनीमा २५ प्रतिशत पुर्याउनु रहेको छ।

न्यूनतम सर्वसाधारणको शेयर स्वामित्वको मापदण्ड पूरा गर्ने केही भारतीय सरकारी कम्पनीको शेयरभाउ ह्वात्तै बढेको पछिल्लो चरणमा देखिएको छ। भारतमा बीमकलाई प्रत्यक्ष सहयोग प्रदान गर्ने जीआईसी रि एकमात्र भारतीय पुनर्बीमाकर्ता हो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS