IME Life New

अर्थमन्त्रीले भने, ‘वित्तीय अपराध असह्य छ ।’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं, वैशाख १९ । अर्थमन्त्री डा. युवराज खतिवडाले बैंक तथा वित्तीय संस्थामा हुने दण्डहिनता, अपराध असह्य हुने बताएका छन् । बुधबार राष्ट्रिय वाणिज्य बैंक र एनआईडीसी डेभलपमेन्ट बैंकको एकीकृत बैंकिङ कारोबारको शुभारम्भ अर्थमन्त्री खतिवडाले वित्तीय प्रणालीमा आघात पुर्याउने जो कोहीलाई पनि कानुनी दायरामा ल्याउन राष्ट्र बैंकलाई निर्देशन दिंदै यस्तो बताएका हुन् ।

उनले राष्ट्र बैंकलाई स्थलगत निरक्षणको कार्य अगाडि बढाउन, राम्रोलाई प्रोत्साहन गर्न र गलत गर्नेलाई कानुनी दायरामा ल्याउन निर्देशन दिए । कार्यक्रममा बोल्दै उनले भने, ‘जो कसैले पनि वित्तीय प्रणालीमा आघात पुर्याउने काम गर्छ भने कानुनी दायरामा ल्याउनुपर्छ, ल्याउन नसक्नेले त्यसको जिम्मेवारी लिन तयार रहनुपर्छ ।’ उनले थपे, ‘यदि पनि मैले पनि काम गरिन भने मलाई पनि कारबाही गर्ने निकाय छ ।’

Esewa
Crest

त्यस्तै उनले एनआइडीसी डेभलपमेन्ट बैंकलाई मर्ज गराउने आफ्नो आठवर्ष अघिदेखिको एउटा इनफिनिटी एजेन्डा पुरा भएको बताए ।

उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले सेयर बजारमा अस्वभाविक उतारचढाव देखिएको उल्लेख गरेका छन् । उनले बैंकहरुको निक्षेप १३ प्रतिशतले बढ्दा कर्जा २१ प्रतिशतले बढेको उल्लेख गर्दै आगामी दिनमा उत्पादनशील क्षेत्रको कर्जा विस्तार गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS