IME Life New

पहिलोपटक म्युनिख रि भारतको नेतृत्वमा महिला, सीईओमा नियुक्त भइन् सुर्भी गोयल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पहिलोपटक म्युनिख रि भारतको सीईओमा महिला नियुक्ति भएकी छन्। सुर्भी गोयल म्युनिख रि भारतको सीईओमा नियुक्त भएकी हुन्।

म्युनिख रि विश्वस्तरमा पुनर्बीमा सेवा प्रदान गर्ने कम्पनी हो। कम्पनीले २०२४ को अक्टोबरबाट लागू हुने गरी गोयललाई म्युनिख रि भारतको सीईओमा नियुक्त गरेको हो।

Esewa
Crest

गोयललाई हितेश कोटकको स्थान नियुक्त गरिउको हो। कोटकले जुलाई १ देखि लागू हुने गरी जापान, भारत, कोरिया र दक्षिण–पूर्वी एशियाको विस्तारित भूमिका निभाउनेछन्। नयाँ भूमिकामा आएकी गोयलले कोटकलाई रिपोर्टिङ गर्ने छिन्।

गोयललाई भारतको बीमा बजारबारे राम्रो जानकारी रहेको छ। त्यसैले कम्पनीले उनलाई भारतमा सीईओ बनाएको हो।

कोटकद्वारा जारी विज्ञप्तिमा भारत म्युनिख रिको बजार विस्तारको महत्वपूर्ण हिस्सा रहेको जनाइएको छ। ‘त्यसैले गोयलको नेतृत्वमा भारतमा म्युनिख रिको बजार विस्तार झनै टेवा पुग्ने विश्वास छ’, विज्ञप्तिमा भनिएको छ।

नयाँ भूमिकाप्रति उत्साहित हुँदै गोयलले म्युनिख रिको भारतमा बजार विस्तारका लागि आफू लागिपर्ने बताइन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS