IME Life New

वाणिज्य बैंकमध्ये १० वटाले मात्रै लाभांश बाँड्न सक्ने, बाँकीको वितरणयोग्य मुनाफा ऋणात्मक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्ष २०८०।८१ को तेस्रो त्रैमाससम्मको तथ्यांक हेर्दा हाल सञ्चालनमा रहेका आधाजसो वाणिज्य बैंकहरुले मात्र लाभांश बाँड्न सक्ने देखिएको छ। तेस्रो त्रैमाससम्मको आँकडाले २० वटा वाणिज्य बैंकमध्ये १० वटाको लाभांश बाँड्न सक्ने क्षमता देखिएको हो। किनकि १० वटा वाणिज्य बैंकको वितरणयोग्य मुनाफा धनात्मक रहेको छ भने बाँकी १० वटाको ऋणात्मक रहेको छ।

कर्जा असुली सोचेजस्तो हुन नसक्दा बैंकहरुको खराब कर्जा अनुपात (एनपील) झनै बढेको छ। यसको प्रत्यक्ष प्रभाव बैंकहरुको नाफामा परेको छ। तेस्रो त्रैमासम्मको वाणिज्य बैंकहरुको औसत खराब कर्जा अनुपात (एनपीएल) बढेर ३.६४ प्रतिशत पुगेको छ। अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमाससम्म भने वाणिज्य बैंकहरुको औसत एनपीएल २.९९ प्रतिशत थियो। वाणिज्य बैंकहरुको खराब कर्जामा सुधार हुनुको सट्टा झनै बढ्दै गएको देखिन्छ।

Esewa
Crest

खराब कर्जा बढ्दा प्रोभिजनका रुपमा छुट्याउनुपर्ने इम्पेयरमेन्ट चार्ज पनि बढेर गएको छ। यसले बैंकहरुको नाफा प्रभावित भएको र चालु आर्थिक वर्षका लागि लाभांश वितरण गर्न सकस पर्ने प्रस्ट देखिन्छ।

चैतसम्मको तथ्यांक हेर्ने हो हिमालयन, नेपाल इन्भेस्टमेन्ट मेगा, कुमारी, एनआईसी एसिया, लक्ष्मी सनराइज एनएमबि, ग्लोबल आइएमई, माछापुच्छ्रे, सिद्धार्थ र नेपाल बैंकको वितरणयोग्य मुनाफा ऋणात्मक रहेको छ। जसअनुसार हिमालयनको ५ अर्ब २४ करोड रुपैयाँ, नेपाल इन्भेस्टमेन्ट मेगाको ५ अर्ब ८ करोड रुपैयाँ, कुमारीको ४ अर्ब २० करोड रुपैयाँ, लक्ष्मी सनराइजको १ अर्ब २४ करोड रुपैयाँ, एनएमबिको ४२ करोड ९२ लाख रुपैयाँ, ग्लोबल आइएमईको ४२ करोड ९२ लाख रुपैयाँ, माछापुच्छ्रेको ३० करोड ६५ लाख रुपैयाँ र सिद्धार्थको २७ करोड १२ लाख रुपैयाँले वितरणयोग्य मुनाफा ऋणात्मक रहेको छ।

वाणिज्य बैंकमध्ये सबैभन्दा बढी वितरणयोग्य मुनाफा एभरेष्टको देखिएको छ। यो बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ७५ करोड रुपैयाँ रहेको छ।

यसैगरी स्ट्यान्डर्ड चार्टर्डको १ अर्ब ८१ करोड रुपैयाँ, नबिलको १ अर्ब ५४ करोड रुपैयाँ, कृषि विकास बैंकको १ अर्ब १२ करोड रुपैयाँ, नेपाल एसबीआईको ८३ करोड ४३ लाख रुपैयाँ, सानिमाको ७५ करोड ६८ लाख रुपैयाँ, प्राइमको ३१ करोड ३३ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको २४ करोड ६२ लाख रुपैयाँ, प्रभु बैंकको १६ करोड ६५ लाख रुपैयाँ र सिटिजन्सको १ करोड ८९ लाख रुपैयाँ वितरणयोग्य मुनाफा रहेको छ।

असार मसान्तसम्म बैंकहरुको कर्जा असुलीका लागि जोडतोडले लाग्ने एक बैंकरले बताए। ‘अझै एक त्रैमास बाँकी नै छ। सबै बैंक कर्जा असुलीमा लागिपर्नेछन्’, ती बैंकरले भने, ‘त्यसैले आर्थिक वर्षको अन्त्यसम्म वाणिज्य बैंकहरुको कर्जा असुलीमा सुधार आउने भएकोले केही राम्रो अपेक्षा गर्न सकिन्छ।’

अघिल्लो आर्थिक वर्ष २०७९।८० मा पनि १२ वटामात्रै वाणिज्य बैंकले लाभांश वितरण गरेका थिए भने ८ वटा वितरण गरेका थिएनन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

20%
sad

दु :खी

20%
amazed

अचम्मित

0%
excited

उत्साहित

60%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS