IME Life New

निःशुल्क स्वास्थ्य बीमाको नाममा सोसल मिडियामा भ्रम छर्ने विरुद्ध कारवाहीको चेतावनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य बीमा सम्बन्धमा सामाजिक सञ्जालमार्फत् भ्रामक विज्ञापन गर्ने विरुद्ध कारवाही गर्ने चेतावनी दिएको छ । मन्त्रालयले सार्वजनिक अपिल जारी गर्दै नेपाल सरकार र स्वास्थ्य बीमा बोर्डको लोगो प्रयोग नि:शुल्क स्वास्थ्य बीमा सेवाको दाबी गर्ने व्यक्ति वा संस्थाविरुद्ध कारवाही गर्ने चेतावनी दिएको छ।

मन्त्रालयका अनुसार केही समययता स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई गलत तरिकाले श्रेय दिएर विभिन्न उमेर समूहका लागि निःशुल्क स्वास्थ्य बीमा सेवा उपलब्ध गराउने फर्जी विज्ञापन सामाजिक सञ्जालमा व्यापक प्रचार भएको पाइएकाले कारवाहीको चेतावनी दिइएको हो ।

Esewa
Crest

मन्त्रालयका प्रवक्ता डा‍. प्रकाश बुढाथोकीले गलत र भ्रामक सूचना तथा विज्ञापन सम्प्रेषण गर्ने विरूद्ध कारवाही गर्ने चेतावनी दिए ।

सरकारले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत स्वास्थ्य मन्त्रालयमार्फत् स्वास्थ्य बीमा बोर्डले सञ्चालन गर्ने स्वास्थ्य बीमा कार्यक्रमको नियमन र निगरानी गर्दै आएको छ। स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत बीमाशुल्क भुक्तानी गरेर आबद्ध हुने बीमितहरुलाई सूचीकृत स्वास्थ्य संस्थाहरुमा आंशिक शुल्क भुक्तानीमा स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS