IME Life New

हकप्रद ल्याउन द्रुत गतिमा प्रक्रिया बढाउँदै हिमालयन रि, छिट्टै धितोपत्र बोर्डमा जाने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले हकप्रद शेयर ल्याउन तीव्रगतिमा प्रक्रिया अगाडि बढाइरहेको छ। हकप्रद निष्कासनको अनुमति माग्न छिट्टै नेपाल धितोपत्र बोर्ड जाने तयारीमा हिमालयन रि रहेको छ।

नेपाल बीमा प्राधिकरणले पुनर्बीमा कम्पनीको न्यूनतम चुक्तापुँजी २० अर्ब रुपैयाँ पुर्याउनुपर्ने व्यवस्था गरेको छ। यसका लागि बीमा प्राधिकरणले २०८१ माघ मसान्तसम्मको समय दिइएको छ।

Esewa
Crest

निजी क्षेत्रको लगानी रहेको हिमालयन रिले बीमा प्राधिकरणमा न्यूनतम चुक्तापुँजी पुर्याउन क्यापिटल प्लान पनि पेस गरिसकेको छ। हिमालयन रिको सञ्चालक समितिले आर्थिक वर्ष २०७९।८० को ४ प्रतिशत बोनस शेयर वितरणपछि कायम हुने चुक्तापुँजी १० अर्ब ४० करोड रुपैयाँ १ः०.८ अनुपातमा अर्थात ८० प्रतिशत हकप्रद ल्याउने प्रस्ताव गरेको छ। यो हकप्रदको प्रस्ताव कम्पनीको गत फागुन २० गतेसम्म तेस्रो वार्षिक साधारणसभाले अनुमोदन गरिसकेको छ। हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी १८ अर्ब ७१ करोड रुपैयाँ पुग्नेछ। न्यूनतम चुक्तापुँजी पुर्याउन बाँकी रहने रकम आर्थिक वर्ष २०८०।८१का लागि बोनस शेयर वितरण गरेर पुर्याउने योजना हिमालयन रिले प्राधिकरणसमक्ष पेस गरेको छ।

यसैबीच हिमालय रिलाई अधिकृत पुँजी २१ अर्ब रुपैयाँबाट ५० अर्ब रुपैयाँ, जारी पुँजी १० अर्ब रुपैयाँबाट १८ अर्ब ७२ करोड रुपैयाँ र चुक्तापुँजी १० अर्ब ४० करोड (८० प्रतिशत हकप्रदपश्चात् १८ अर्ब ७२ करोड) पुर्याउन कम्पनी रजिस्ट्रारको कार्यालय चैत २५ गते स्वीकृति प्रदान गरिसकेको छ।

उता हिमालयन रिले पनि हकप्रद शेयर ल्याउन एनएमबि क्यापिटललाई बिक्री प्रबन्धकका रुपमा नियुक्त गरिसकेको छ। सबै प्रक्रिया द्रुतगतिमा अगाडि बढिरहेको छिट्टै धितोपत्र बोर्डमा हकप्रद ल्याउन निवेदन दिइने कम्पनीका एक उच्च अधिकारीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

81%
happy

खुसी

10%
sad

दु :खी

0%
amazed

अचम्मित

5%
excited

उत्साहित

5%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS