IME Life New

स्विस रि भारतको सीईओमा अमिताभ रे नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वैश्विक पुनर्बीमा फर्म स्विस रिको भारत शाखाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) अमिताभ रे नियुक्त भएका छन्। स्विस रिले आउँदो अप्रिल १ देखि लागू हुने भारत शाखाको सीईओमा रेलाई नियुक्त गरेको हो।

स्विस रिको भारत शाखा कार्यालय मुम्बईमा रहेको छ। अब मुम्बईमा बसेर सीईओ रेले कम्पनीको पीएन्डसी रिइन्स्योरेन्स एसआईडी प्रमुख भिक्टोर कुकलाई रिपोर्टिङ गर्नेछन्। ‘भारत टोलीको नेतृत्व गर्नका लागि एक उच्च योग्य व्यक्ति भेट्न पाउँदा हामी खुसी छौँ’, कम्पनीको नियुक्तिपत्रमा भनिएको छ, ‘अमितको विशेषज्ञता र ज्ञानका साथ हामी विश्वस्त छौँ कि स्विस रि भारतमा हाम्रो व्यवसाय विस्तारलाई बलियो हुनेछ।’

Esewa
Crest

यसअघि स्विस रि भारतमा नेतृत्वमा हाडी रियाची थिए। उनले सन् २०२० देखि स्विस रि भारतीय टोलीको नेतृत्व गरेका थिए। ‘हादीलाई हामी धन्यवाद दिन चाहन्छौँ’, विज्ञप्तिमा भनिएको छ, ‘हादीले भारतमा बलियो ग्राहक सम्बन्ध निर्माण गर्नुका साथै बजार वृद्धि ठूलो योगदान पुर्याएका छन्। हामी उनलाई नयाँ भूमिकामा सफलताको कामना गर्दछौँ।’

भारतमा शाखाको सञ्चालन र पुनर्बीमाकर्ताको सम्पत्ति र दुर्घटना (पीएन्डसी) व्यवसायको निरीक्षणमा नवनियुक्त सीईओ रेको प्रमुख भूमिका रहनेछ। पुनर्बीमा क्षेत्रमा २७ वर्षको कार्यानुभव रहेको रेले पीएन्डसी क्लाइन्ट मार्केटको प्रमुख र स्विस रि भारत शाखाको चिफ अन्डरराइटिङ अफिसरका रुपमा विगत ६ वर्षदेखि सेवारत थिए। यसअघि रेले ज्युरिच, सिंगापुर, हङकङ, मुम्बई र जोहानेसबर्गमा सन्धि अन्डरराइटिङ, ग्राहक व्यवस्थापन, फ्याकल्टेटिभ र व्यापार विकासलगायत विभिन्न भूमिका निभाएका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS